back

रसुवाका दुई व्यवसायीलाई नगद जरिवाना

वि.सं.२०८० असोज ११ बिहीवार

651 

shares

रसुवा । मापदण्डविपरीत व्यवसाय गर्ने क्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ । कारबाही पर्नेमा कालिका गाउँपालिका–२ घुम्ती बजारस्थित आरएस एभ्रोभेट तथा तरकारी पसलका सञ्चालक रामशरण न्यौपाने र उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित रिभर भ्यु गेष्ट हाउसका सञ्चालक केदारप्रसाद अधिकारी छन् ।

घुम्ती बजारका न्यौपानेले खाद्य तथा अखाद्य दुवै प्रकारका वस्तु अव्यवस्थित तवरले एकै स्थानमा राखी मापदण्ड विपरीत बिक्री गरेबापत रु १० हजार र सञ्चालक अधिकारीले गेष्ट हाउसमा मानव स्वास्थ्यलाई असर पर्ने खाद्यवस्तु प्रयोग गरेबापत रु पाँच हजार जरिवाना गरेको घरेलु उद्योग कार्यालयका प्रमुख बृहस्पति तामाङले बताए ।

पछिल्लो समय बजार अुगमन समितिले अनुगमनलाइ तीब्र बनाउँदै सचेतना र जरिवाना दुवै एकै साथ अगाडि बढाएको छ । बडादसैँ नजिकिँदै गएको र उपभोक्ता माझ गुणस्तरीय खाद्य सामग्री पुगोस् भन्ने पवित्र उद्देश्यले सरकारी मापदण्डको अधिनमा रही जिल्लका व्यापारिक क्षेत्रको अनुगमन तीव्ररूपमा अगाडि बढाइएको बजार अनुगमन समितिका संयोजक एवं रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीले जानकारी दिए । खाद्य गुण नियन्त्रको मापदण्डका अधिनमा रही व्यवसाय दर्ता गरेर मात्र व्यापार व्यवसाय अगाडि बढाउन सबै व्यापारीलाई अनुगमन समितिले अनुरोधसमेत गरेको छ ।

पहिलो चरणअन्तर्गत बुधबार बेत्रावती बजारका १७ पसलको अनुगमन सम्पन्न गरिएको र अनुगमनको क्रममा खाद्यान्नको प्रकार र त्यसको उपभोग गर्ने समयावधि, बिलविजक जारी, सरसफाइ, राजस्वको स्थायी लेखा नम्बर, उद्योग वाणिज्य दर्ता प्रमाणपत्रसमेतका कागजात हेरिएको संयोजक ज्ञवालीले जानकारी दिए ।

उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुप्साङ तामाङ, कोष तथा लेखा नियन्त्रण कार्यालयका नियन्त्रक रवीन्द्र भुजेल, प्रहरी निरीक्षक राजीव बस्नेत एवं प्रहरी सहायक निरीक्षक काशीराम बुढा एवं सञ्चारकर्मीसमेतको रोहवरमा जरिवाना गरिएको बताइएको छ ।

जिल्लाका व्यापारिक केन्द्रमा अखाद्य वस्तु बिक्री गरेको जानकारी पाएमा अनुगमन समितिलाई सूचना दिई सहयोग गर्न बजार अनुगमन समितिले आग्रह समेत गरेको छ ।

वि.सं.२०८० असोज ११ बिहीवार १२:२० मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...