back
CTIZAN AD

एमाले मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक

वि.सं.२०८० असोज १२ शुक्रवार

1.9K 

shares

महेन्द्रनगर (धनुषा) । नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।

जनकपुरधाममा बिहिवार आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले संयुक्तरूपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।

अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ तय गरिएको छ । लोगोमा हँसियाभित्र मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकता झल्काउने स्थल तथा क्षेत्रलाई राखिएको एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले यही असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने र अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जानकारी दिए । भट्टराईले विगत छ वर्षमा सरकारले गरेका क्रियाकलापका आधारमा मधेस प्रदेशमा सुशासनको प्रत्याभूति, समृद्ध मधेसको निर्माण र मधेसको स्वाभिमानलाई माथि उठाउन एमाले सरकारको अपरिहार्यता महसुस गरी अधिवेशनको नारा तय भएको र यसैलाई विसं २०८४ को चुनावमा पनि प्रयोग गरिने बताए ।

अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने र प्रतिनिधि छनोटका लागि प्रदेश कमिटी अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा समिति बनाई प्रदेशका एक सय ३६ वटै पालिकामा निर्वाचन समितिसमेत गठन गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
रासस

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:४८ मा प्रकाशित

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...