back

एमाले मधेस प्रदेश अधिवेशनका लागि नारा र लोगो सार्वजनिक

वि.सं.२०८० असोज १२ शुक्रवार

228 

shares

महेन्द्रनगर (धनुषा) । नेकपा (एमाले) मधेस प्रदेश समितिको यही असोज २४ र २५ का लागि तय भएको अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।

जनकपुरधाममा बिहिवार आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लीलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले संयुक्तरूपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।

अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार’ तय गरिएको छ । लोगोमा हँसियाभित्र मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तीव्र विकासको आवश्यकता झल्काउने स्थल तथा क्षेत्रलाई राखिएको एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज भट्टराईले यही असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने र अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने जानकारी दिए । भट्टराईले विगत छ वर्षमा सरकारले गरेका क्रियाकलापका आधारमा मधेस प्रदेशमा सुशासनको प्रत्याभूति, समृद्ध मधेसको निर्माण र मधेसको स्वाभिमानलाई माथि उठाउन एमाले सरकारको अपरिहार्यता महसुस गरी अधिवेशनको नारा तय भएको र यसैलाई विसं २०८४ को चुनावमा पनि प्रयोग गरिने बताए ।

अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने र प्रतिनिधि छनोटका लागि प्रदेश कमिटी अध्यक्ष रामअवतार यादवको संयोजकत्वमा समिति बनाई प्रदेशका एक सय ३६ वटै पालिकामा निर्वाचन समितिसमेत गठन गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
रासस

वि.सं.२०८० असोज १२ शुक्रवार ०६:४८ मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...