back
CTIZAN AD

एमालेलाई बागमती प्रदेश नेतृत्व चयनमा सकस : अझै हुन सकेन निर्वाचनको टुंगो (नामावलीसहित)

वि.सं.२०८० असोज १२ शुक्रवार

1.2K 

shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय नेतृत्वलाई बागमती प्रदेशको नेतृत्व चयनमा सकस भएको छ ।

असोज ८ गते सुरु भएको प्रदेश कमिटीको पहिलो अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन हुने भनिएपछि सहमतिका नाममा पटक–पटक कार्यतालिका सारिए पनि निर्वाचन हुने टुंगो भने लाग्न सकेको छैन । प्रदेशको पहिलो अधिबेशन तथा निर्वाचनका लागि प्रदेशका ११ जिल्लाबाट काठमाडौंमा उपस्थित एघार सय बढी प्रतिनिधि अन्यौलमा परेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटनको पहिलोदिन सहमतिका आधारमा नेतृत्व चयनमा जोड दिएपछि अध्यक्षका आंकाक्षी पाँचजना देखिएका थिए ।
जसमा अध्यक्षमा उम्मेदवारी दिएका केशर बहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ, कृष्ण प्रसाद दाहाल र केशव राज पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपनि बुढाथोकी, श्रेष्ठ र केशव पाण्डले उम्मेदवारी फिर्ता लिइसकेको अवस्थामा अध्यक्ष पदमा रामेछापका ढुंगेल र मकवानपुरका दाहाल तथा अन्य सबै पदमा निर्वाचन हुने भएको छ ।

त्यस्तै एक उपाध्यक्ष पदका लागि ईश्वर चन्द्र पोखरेल, दावा दोर्ज लामा, नारायण प्रसाद खतिवडा, राजेन्द्र प्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिश्पर्धा हुने भएको छ ।

त्यसैगरी प्रदेश सचिवका लागि पनि पूर्वसांसद नवराज सिलवाल र हस्त पण्डितबीच प्रतिश्पर्धा हुने भएको छ ।

त्यस्तै प्रदेश कमिटीका लागि सिन्धुपाल्चोक, काभ्रे, चितवन र रसुवाबाट सर्वसम्मत नेतृत्वको टुंगो लागिसकेको छ भने अन्य जिल्लाबाट पनि केही नेताहरु निर्विरोध निर्वाचित भएको बताइएको छ ।

 

वि.सं.२०८० असोज १२ शुक्रवार १३:२९ मा प्रकाशित

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...