back
CTIZAN AD

चुनावको मिति सरेपछि छायो मतदातामा निराशा

वि.सं.२०७४ वैशाख १२ मंगलवार

879 

shares

१२ वैशाख, डडेल्धुरा । वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भन्दै खुसी भएका डडेल्धुराका मतदाता चुनावको मिति एक महिना पछाडि सरेसगैं निराश बनेका छन् ।

सात नम्बर प्रदेशको निर्वाचन जेष्ठ ३१ गते गर्ने निर्णय गरेपछि दुई दशकपछि हुनलागेकोे निर्वाचनमा मतदान गर्न पाउने आशमा बसेका मतदाता फेरि अनिश्चित बनेको भन्दै निराश बनेका हुन् ।
कामको सिलसिलामा भारतबाट काम छोडेर घर आएका मतदाता भन झन अन्यांैलमा परेका छन् । लामो समयको पर्खाइपछि आफ्ना जनप्रतिनिधि चयन गर्ने अवसर गुम्ने हो की भन्ने चिन्ताले सताएको मतदाताको भनाइ छ ।

‘‘निर्वाचनका लागि भनेर नै भारतदेखि घर आइयो तर मिती नै सरेपछि अव के गर्ने कता जाने पिरोलो भयो ।” अमरगढी नगरपालिका– ७ का दीपक ताम्राकारले गुनसो गर्नुभभयो

मतदाता मात्रै नभइ यहाँका राजनीतिक दलका नेता पनि अन्यांैलमा छन् । निर्वाचनको गतिविधि तीव्र भइरहेका समयमा निर्वाचनको मिति सरेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा दलहरुको निर्वाचन गतिविधि न्यून देखिन थालिएको छ । चुनावको मिति सरेपछि प्रचार–प्रसारमा लाग्ने कि नलाग्ने भनेर दोधार भइरहेको वडा सदस्यका लागि उम्मेदवारको आकाङ्क्षी दत्तिसिंह भण्डारीले बताउनुभयो ।

निर्वाचनको मिति पछि सरेसंगै यहाँस्थित राजनीतिक दलले उम्मेदवार चयन गर्ने काम पनि स्थगित गरेका छन् । रासस

वि.सं.२०७४ वैशाख १२ मंगलवार ०७:४७ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...