back
CTIZAN AD

स्पेनमा रहेका नेपालीको तथ्यांक संकलन सुरु

वि.सं.२०७४ वैशाख १२ मंगलवार

945 

shares

spain2बिजय शर्मा दर्पण, स्पेन । स्पेनमा नेपालीहरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने एकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्यालाई हेर्दा स्पेनमा करिब १०-१२ हजारको संख्यामा नेपालीहरु रहेको अनुमान गरिएको छ ।

गैर आवासीय नेपालि संघ स्पेन र यहाँ स्थित संघ संस्थाको सहयोगमा तथ्यांक संकलन कार्यलाई अगाडी बढाईने भएको छ ।

गैर आवासीय नेपालि संघको पहलमा यो कार्यलाई तिब्रता दिने निर्णय गरेको हो । कार्य सम्पादनलाई सहजता प्रदान गर्न यो कार्यमा लागिएको संघका अध्यक्ष मुक्त गुरुङले जानकारी दिनुभयो । गुरुङले भन्नु भयो – हामी बिभिन्न कारणले हाम्रो घर, परिवार र देश छाडेर परदेशमा छौ हाम्रो सुख ,दूख बिसाउने घर परिवार भनेको नै हामी सबै नेपाली हरूको सामूहिक एकता हो । एउटै परिवार भित्रका सदस्यको पनि फरक फरक सोच र बिचार हुन सक्छन् तर परिवार भित्र एकताको सुत्रमा जोड्ने र जहाँ भैपरि आउने समस्याहरूको सामूहिक रूपमा सहयोग गर्दै समाधान गर्नु हामी सबैको नैतिक दायित्व हो ।

त्यसै कारण एन आर एन ए स्पेनले “नेपालीका लागि नेपाली” भन्ने मुल मर्म अनुसार स्पेन भरि छरिएर रहेका नेपालीहरूको तथ्यॉक संकलनको अभियान संचालन गरिएको हो । सम्पूर्ण स्पेनबाशी नेपालि दिदि बहिनि तथा दाजु भाई हरुलाई तथ्यॉक भर्न र भराउने काम गरि यस अभियानमा सरिक भैदिनु हुन गैर आवासीय नेपालि संघ स्पेनले अनुरोध गरेको छ ।

वि.सं.२०७४ वैशाख १२ मंगलवार ०९:२७ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...