Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

इटालीमा मौलाकालिका मन्दिर, दुई दिनमै १ लाख ५० हजारले अवलोकन गरे



moulakalikaनेपाली कला संस्कृति प्रर्वद्र्धन तथा प्रसारण गर्ने उद्धेश्यले नवलपरासीको मौलाकालिका मन्दिर इटालीको रोम पु¥याइएको छ ।
एभरेष्ट क्राफ्ट प्रालि इन्टरनेशनल प्रा.लिले तयार गरेको उक्त नमुना नेपाली मन्दिर झण्डै १ लाख ५० हजार विदेशी नागरिकहरुले अवलोकन गरेको प्रा.लिका मार्केटिङ डाइरेक्टर शिव रिजाले बताएका छन् ।
प्रालीका इन्टरनेशल मार्केटिङ डाईरेक्टर शिव रिजालले जानकारि दिए ।
उक्त मन्दिर नेपाल र नेपालीलाई माया गर्ने विदेशी नागरिकहरुका बिचमा आकर्षण बनेको छ । उनीहरुले नेपालको कला संस्कृतिको नमुना राख्ने भन्दै चासो दिएर अवलोकन गरेको बताइएको छ । साथै उक्त मन्दिर इटालीमा रहेका नेपाली समुदायका लागि पनि आकर्षणको केन्द्र बनेको छ ।
ईटालीका अवैतनिकवाणिज्यदूत पाउलो निगुरेको समेत उपस्थिति रहेको उक्त मन्दिर उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले पूजा गरेर उद्घाटन गरेपछि तत्कालै सबैका लागि पुजा गर्न खुला गरिएको थियो ।

उद्घाटनका क्रममा लामिछानेले नेपालबाट ल्याइएको मन्दिरले नेपाली कलाकौशल, संस्कृतिको प्रचार–प्रसार गर्नुकासाथै नेपाली र नेपालप्रेमीकालागि यो आस्थाको विषयस बन्ने बताए । अबैतनिक वाणिज्यदूत पाउलो निगुरेले यो मन्दिर र नेपाली जनजातिका पोशाकले ईटालियनहरुलाई नेपालप्रति अकर्षण बढाउन सजिलो हुने जानकारि दिए । ओरियन्टल क्षेत्रका नागरिकरुको कला कौशल, संस्कृति, भेषभुषा र सम्पदाहरुको परिचय गराउन आयोजना गरिने मेलाहरुमा नेपालको कुनैपनि नमूना राखिएको यो पहिलो पटक हो । दुई हप्ता चल्ने यो मेला लाखौंले अवलोकन गर्नेछन् ।
मन्दिरसँगै नेपालको पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न सूचना डेस्कसमेत राखिएको छ । त्यसबाट सयौं आगन्तुकहरुले पर्चा, पोस्टर र नेपालबारे सूचना दिने पुस्तखरु लिईरहेका छन ।

मन्दिर उद्घाटन अघि रोममा ‘वर्तमान विश्वसंरचनामा नेपाली हस्तकला र यसको बजारीकरण’ विषयक अन्तक्र्रिया भएको थियो । अन्तक्र्रिया कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै जिवा लामिछानेले नेपालको तराई, हिमाल र पहाडमा आआफ्नै विशेष कला र संस्क्रिति भएकाले हस्कलामा सम्पन्न रहेको र त्यसलाई विश्व बजारमा लैजानसके धेरै संभावना रहेको बताए । भने ‘हाम्रो देश कला कौशल र सांस्कृतिक बिभिधताकालागि सम्पन्न छ । त्यो हरेक जातजाति, समूह र संस्कृति अनुसारको हस्तकलालाई गुणस्तरिय उत्पादन गरेर विश्वबजारमा लैजाने हो भने बजारिकरण गर्न सकिने ठूलो संभावना छ ।’

अन्तक्र्रिया कार्यक्रममा इटाली पुगेका शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले विश्व बजारमा गुणस्तरिय उत्पादनहरुको माग रहेकोले ब्यापारी र उद्यमीहरुले त्यसैमा ध्यान दिनुपर्ने बताए । त्यस्ता गुणस्तरिय वस्तुहरु उत्पादन गर्न सक्ने दक्ष प्राविधिक तयार पार्न ब्यापारीहरुसित मिलेर काम गर्न मन्त्रालय तयार रहेको जानकारी दिए ।

सो अन्तक्र्रियापछि नेपाली हस्तकलाको बजारिकरण, दक्ष प्राविधिक निर्माण, नेपाली हस्तकलाका ब्यापारिहरुको हकहितको सुरक्षा, गुणस्तरिय वस्तुहरुको उत्पादनमा जोड, नेपालीहरुको सांस्कृतिक र भौगोलिक बिबिधताअनुसारका हस्तकलाको प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय हस्कला महासंघसमेत निर्माण गरियो ।
शिव रिजालको अध्यक्षतामा गठन गरिएको उक्त महासंघमा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश : शम्भु गौतम, उत्सव घिमिरे, क्रिष्ण अधिकारी, सिताराम त्रिपाठी, विशाल तामाङ, सन्जय शाह, भरत तामाङ र हरि तामाङ रहेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको