
काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेशमा नेतृत्व चयन गर्न आज मतदान हुँदै छ । एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आज हुँदैछ ।
मतदान आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा हुने कार्यतालिका तय गरिएको छ ।
एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाशको प्यानल छैन ।
वि.सं.२०८० असोज १४ आइतवार ०७:४४ मा प्रकाशित