back
CTIZAN AD

एसियाड : क्रिकेटमा नेपाल भारतसँग पराजित

वि.सं.२०८० असोज १६ मंगलवार

1.2K 

shares

काठमाडौं । भारतसँग २३ रनले पराजित भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १९औं एसियन गेम्सअन्तर्गत टी–२० क्रिकेटको सेमिफाइनल खेल्ने सपना अधुरै रहेको छ ।

आज बिहान चीनमा भएको खेलमा भारतले दिएको २ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन मात्र बनाउन सक्यो ।

उक्त हारसँगै नेपालले क्रिकेटबाट पदक जित्ने सम्भावना पनि सकिएको छ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म पुगेको नेपाली टोलीले मध्यम प्रदर्शन गर्दा अन्तिम चारमा पुग्ने सपना अधुरै रह्यो ।

भारतविरुद्ध खेलाडीले धैर्यता गुमाउँदा लामो सट खेल्ने धुनमा रहेका ८ ब्याटर क्याच आउट भए ।

करण केसी १८ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे। करणले १३ बलमा २ छक्का र १ चौका हाने ।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले २९ रनको साझेदारी गरे । १० रन बनाएका आशिफ ३.४ ओभरमा अभेष खानको बलमा विकेट किपरको हातबाट क्याच आउट भए ।

अर्का ओपनर कुशल भुर्तेल २८ रनमा पवेलियन फर्के । भुर्तेल ८.५ ओभरमा साइ किशोरको बलमा आवेश खानको हातबाट क्याच आउट भए । ३२ बलको सामना गरेका भुर्तेलले ४ चौका र १ छक्का हाने । कुशल मल्ल २९ रनमा क्याच आउट भए। २२ बलको सामना गरेका कुशल मल्लले २ चौका र २ छक्का हाने ।

११औं ओभरको चौथो बलमा मल्ललाई गुमाएको नेपालले त्यही ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेललाई पनि गुमायो । ५ बलमा ३ रन बनाएका कप्तान रोहित रवि विश्नोइको बलमा एलबीडब्लु धरापमा परे ।

१५औं ओभरको दोस्रो बलमा नेपालले अलराउन्डर दीपेन्द्रसिंह ऐरिलाई गुमायो । १५ बलमा ४ चौका सहित ३२ रन बनाएका दीपेन्द्र रवि विश्नोइको बलमा साइ किशोरको हातबाट क्याच आउट भए ।

नेपालले छैटौं विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको हो । १२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २९ रन बनाएका सन्दीप क्याच आउट भए ।

सोमपाल कामी ७, गुलसन झा ६, सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए ।

त्यसअघि झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रनको योगफल तयार पारेको थियो ।

भारतका शिवम दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे। दुवेले १९ बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना गरेका सिंहले २ चौका र ४ छक्का हान्दै ३५ रनमा नटआउट रहे ।

ओपनर यशस्वी जैसवाल र कप्तान ऋतुराज गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुवात दिलाएका थिए ।

नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका जैसवाल १ सय रनमा क्याचआउट भए । जैसवालले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै नेपालविरुद्ध शतक हानेका थिए ।

विकेटका लागि संर्घष गरिरहेको नेपालका लागि अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पहिलो सफलता दिलाएका थिए। दीपेन्द्रले दसौँ ओभरको अन्तिम बलमा ओपनर तथा कप्तान ऋतुराज गायकवाडलाई २५ रनमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराउँदै साझेदारी तोडेका थिए ।

१२औं ओभरको चौथो बलमा सोमपाल कामीले तिलक बमलाई २ रनमा बोल्ड आउट गरे । १३औं ओभरको अन्तिम बलमा लेग स्पिनर सन्दीप लामिछानेले ५ रन बनाएका जितेश शर्मालाई कट एण्ड बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाए ।

दीपेन्द्रले १७औं ओभरको दोस्रो बलमा अभिनाश बोहोराको हातबाट क्याच आउट गराउँदै जैसवाललाई पवेलियन पठाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान १÷१ विकेट लिए ।

नेपाल र भारत टी–२० आईमा पहिलोपटक आमनेसामने भएका थिए ।

एसियाडमा भारतले सिधै क्वार्टरफाइनलमा स्थान बनाउँदा नेपाल भने समूह एको विजेता बन्दै अन्तिम ८ मा पुगेको थियो।

नेपालले समूह चरणको पहिलो खेलमा मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको थियो। दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।

वि.सं.२०८० असोज १६ मंगलवार १०:४३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...