
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ । ठेक्का सम्झौताको सर्तबमोजिम काम नगरेको भन्दै कार्यालयले आज मंगलबार एक सूचना जारी गर्दै निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।
उक्त कार्यालयको सोमबार १५ असोजमा बसेको बैठकले आजदेखि लागू हुने गरी ती कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा परेका कम्पनीलाई सीमित अवधिका लागि प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ ।
यस्तो छ सूचना :
वि.सं.२०८० असोज १६ मंगलवार ११:१६ मा प्रकाशित