back
CTIZAN AD

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अर्याल नियुक्त

वि.सं.२०८० असोज १८ बिहीवार

1.3K 

shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छन् ।

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहि असोज १७ को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने बुधबार देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गरेकी छन् । उनले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् भने २०५१ फाल्गुण १० गते स्थायी नियुक्ति थिइन् । त्यसैगरी, उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।

वि.सं.२०८० असोज १८ बिहीवार १३:२० मा प्रकाशित

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

युनाइटेड रोबो फेस्ट ४.० भव्य रुपमा सम्पन्न

काठमाडौँ । ‘युनाइटेड रोबो फेस्ट ४.०’ भव्य रुपमा सम्पन्न भएको...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पो उत्साहमय बन्दै

सागर ग्रुपद्वारा आयोजित आईटी एक्स्पो उत्साहमय बन्दै

काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि सक्रिय रहँदै आएको...

नेपाल टेलिकमले आफ्नो स्थापनाको २३औँ वार्षिकोत्सव सम्पन्न

नेपाल टेलिकमले आफ्नो स्थापनाको २३औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं  । नेपाल टेलिकमले आफ्नो स्थापनाको २३औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार...