back
CTIZAN AD

नेपाल टेलिकमले आफ्नो स्थापनाको २३औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ माघ २५ आइतवार

810 

shares

काठमाडौं  । नेपाल टेलिकमले आफ्नो स्थापनाको २३औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयसहित विभिन्न प्रादेशिक निर्देशनालय तथा कार्यालयहरूमा उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले अध्यक्षता गर्नुभएको थियो।

समारोहका प्रमुख अतिथि गृह मन्त्री ओमप्रकाश अर्यालले डिजिटल डिभाइड न्यूनीकरण गर्दै ग्रामीण क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सुशासनमार्फत नागरिक र सरकारबीचको सम्बन्ध सुदृढ बनाउने दिशामा कम्पनीका सेवाहरू तथा पूर्वाधारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो। साथै, सरकारले लिएका नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नागरिकको दैनिकीमा सहजता ल्याउन नेपाल टेलिकमको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् सञ्चालक समितिका अध्यक्ष लक्ष्मी कुमारी बस्नेतले नयाँ प्रविधि र अनुसन्धानलाई आत्मसात् गरी सर्वसुलभ रूपमा आम सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नु नेपाल टेलिकमको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले टेलिभिजन, टेलिमेडिसिन र टेलिएजुकेशनजस्ता सेवाको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुहुँदै दुर्गम क्षेत्रमा डिजिटल सेवाको पहुँच पुर्‍याई आवश्यक पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यसले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने र मुलुकलाई डिजिटलाइजेसनतर्फ अगाडि बढाउने बताउनुभयो।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दक्ष जनशक्ति भएको नेपाल टेलिकमले सोही अनुरूप नेटवर्क निर्माण तथा विस्तार गरी बजार अझै विस्तार गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुभयो। उहाँले प्राधिकरणमार्फत तोकिएका विभिन्न परियोजनाहरू समयमै सम्पन्न गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवालले स्वच्छ प्रतिस्पर्धा भित्र नेपाल टेलिकमजस्ता संस्थाले लाइसेन्स नवीकरणका लागि ठूलो रकम तिर्दै आएको स्मरण गराउँदै आगामी दिनमा त्यसलाई अझ सहज बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। साथै, कर्मचारी सरोकारका विषयमा सञ्चालक समिति र कम्पनी व्यवस्थापनबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले कम्पनीको समग्र अवस्थाबारे जानकारी गराउँदै फोरजी/एलटीई सेवाको विस्तारलाई सफलतापूर्वक सम्पन्न गरी निरन्तरता दिइएको परिणामस्वरूप सातै प्रदेशका ७७ जिल्लाका कुल ७४ प्रतिशत स्थानीय तहमा सो सेवाको पहुँच विस्तार भएको जानकारी दिनुभयो। उहाँले एफटीटीएच सेवा विस्तारलाई प्रभावकारी रूपमा अघि बढाइएको, राष्ट्रिय सूचना पूर्वाधारको रूपमा नेपाल टेलिकमले डेटा सेन्टर निर्माणका लागि उपकरण खरिद प्रक्रिया सम्पन्न गरेको तथा निजी क्लाउड प्लेटफर्म (NT Cloud) का लागि नयाँ बोलपत्र आह्वानसम्बन्धी प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो।

 

वि.सं.२०८२ माघ २५ आइतवार १०:५३ मा प्रकाशित

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई...

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...