back
CTIZAN AD

नेपाल टेलिकमद्वारा सेवा तथा प्याकेजमा व्यापक अपडेट

वि.सं.२०८२ माघ २५ आइतवार

555 

shares

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गर्दै विभिन्न सेवा, सुविधा तथा प्याकेजहरूमा सुधार तथा नयाँ व्यवस्था सार्वजनिक गरेको छ। कम्पनीले मोबाइल, एफटीटीएच (FTTH), डाटा, भ्वाइस तथा डिजिटल सेवामा ग्राहकमैत्री अपडेटहरू लागू गरेको जनाएको छ।

नेपाल टेलिकमका अनुसार मोबाइल सेवाअन्तर्गत अनलाइन केवाईसी (Online KYC Update) को सुविधा थप सहज बनाइएको छ। साथै, जीएसएम प्रिपेड/पोस्टपेड प्रयोगकर्ताका लागि डाटा, भ्वाइस र एसएमएस समेटिएका विभिन्न कम्बो तथा प्याकेजहरू निरन्तरता र परिमार्जनसहित उपलब्ध गराइएका छन्।

एफटीटीएच सेवातर्फ कम्पनीले नयाँ तथा पुराना ग्राहकलाई लक्षित गर्दै वार्षिक तथा बहुवर्षीय डाटा प्याकेजहरू अघि सारेको छ। यसबाट लामो समयसम्म इन्टरनेट प्रयोग गर्ने ग्राहकलाई थप किफायती हुने नेपाल टेलिकमको दाबी छ।

एफटीटीएच सेवाको माग व्यवस्थापनका लागि डिमाण्ड पोर्टलसमेत सञ्चालनमा ल्याइएको जनाइएको छ। त्यसैगरी, सरकारी तथा संस्थागत प्रयोगकर्तालाई लक्षित गर्दै डाटा सेन्टर, निजी क्लाउड प्लेटफर्म (NT Cloud) लगायतका डिजिटल पूर्वाधार सेवामा पनि नेपाल टेलिकमले जोड दिएको छ।

कम्पनीले सुरक्षित, भरपर्दो र स्वदेशमै आधारित डिजिटल सेवा प्रवर्द्धन गर्ने उद्देश्य रहेको जनाएको छ। नेपाल टेलिकमले नयाँ प्रविधि तथा सेवामार्फत ग्राहक सन्तुष्टि बढाउने र डिजिटल नेपाल अभियानलाई टेवा पुर्‍याउने लक्ष्य लिएको बताएको छ। विस्तृत जानकारी नेपाल टेलिकमका आधिकारिक च्यानलमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।

वि.सं.२०८२ माघ २५ आइतवार १०:४६ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...