back
CTIZAN AD

‘संसदमा रुलिङ भएको विषयमा सरकार गम्भीर हुनुपर्ने’

वि.सं.२०८० असोज १८ बिहीवार

972 

shares

काठमाडौँ । सांसद महेशकुमार बर्तौलाले सभामुखले गरेको रुलिङप्रति सरकारले ध्यान नदिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सरकारले संसदमा रुलिङ भएको विषय कार्यान्वयनमा ध्यान नदिएकोमा ध्यानाकर्षण गराए ।

“कान्ति बाल अस्पतालको घटना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विषयमा रुलिङ भयो, तर सरकारले उक्त रुलिङ कार्यान्वयन गरेन”, उनले भने । उनले ती विषयमा विशेष निर्देशनको माग समेत गरे ।

सांसद शिशिर खनालले शिक्षाको गुणस्तर सुधार गर्नका लागि सबै खाले राजनीतिबाट विश्वविद्यालय मुक्त गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद रेखा यादवले झ्यापझ्याप बिजुली गएर आम नागरिकलाई असर परेकोेप्रति सरकारको ध्यानाकर्षण गराउदै उक्त विषयमा प्रष्ट पानुपर्ने माग गरे ।

सांसद अस्माकुमारी चौधरीले बझाङका भूकम्प पीडितलाई उद्धार, राहत र पुनस्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । सांसद रमा कोइरालाले सामाजिक सद्भाव कायम सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

वि.सं.२०८० असोज १८ बिहीवार १७:४७ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...