back

सम्पर्क सञ्जाल विस्तारमा ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च हो : उपाध्यक्ष अर्याल

वि.सं.२०८० असोज १८ बिहीवार

831 

shares

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सम्पर्क सञ्जाल अभिवृद्धि तथा साझेदारी विकास गर्न ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च भएको बताएकी छन् ।

चीनको स्वशासित क्षेत्र तिब्बत लिन्झीमा आयोजित चीन सीझ्याङ ट्रान्स हिमालयन फोरमलाई आज सम्बोधन गर्दै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मात्र नभई ट्रान्स हिमालय क्षेत्रमा व्यापार, पारवहन तथा लगानी प्रवर्द्धन गर्ने बताइन् ।

बिआरआईको कार्यान्वयनबाट नेपाल र चीन तथा दक्षिण, दक्षिणपूर्वी, मध्य एसियाबीच ‘कनेक्टिभिटी’ विस्तार हुने जनाउँदै उपाध्यक्ष अर्यालले ऐतिहासिक कालदेखि नै नेपाल र चीनबीच सम्बन्ध रहेको तथा दुवै मुलुक नजिकको मित्र र विश्वासिलो साझेदार भएको उल्लेख गरिन् ।

नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । उनले दुवै मुलुकका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याएको बताइन् ।

उपाध्यक्ष अर्यालले चीनका राष्ट्रपति सी चीनफिङले सन् २०१९ मा नेपालको भ्रमण गरेको तथा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सोही वर्ष गरेको चीन भ्रमणको स्मरण गर्दै यसै वर्ष राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सीझ्याङ स्वायत्त क्षेत्रका साथै हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेको चीन भ्रमणबाट आपसी समझदारी र विश्वास वृद्धि भएको विचार व्यक्त गरिन् ।

नेपालको सामाजिक-आर्थिक विकासमा चीनले पु¥याएको सहयोगको सरहाना गर्दै उपाध्यक्ष अर्यालले कोरोना महामारीका बेला चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । उजले सन् २०२६ मा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको आकांक्षा साकार पार्न चीनले निरन्तर सहयोग गर्नेमा आफू आशावादी रहेको बताइन् ।

वि.सं.२०८० असोज १८ बिहीवार २२:४७ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...