back
CTIZAN AD

बत्ती बाल्न पाएपछि दलगाउँका परिवार खुसी

वि.सं.२०८० असोज १९ शुक्रवार

993 

shares

टक्सार (भोजपुर) । विद्युत्को पहुँचबाट टाढा रहेको दलगाउँका तीन परिवारलाई गाउँपालिकाले सोलार सेट उपलब्ध गराएपछि खुसी भएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका वडा नम्बर ४, दलगाउँका तीन परिवारलाई सोलार सेट सहयोग गरेको हो ।

पालिकाका अध्यक्षबाट सोलार सेट बुझेपछि मीनराज राईले भने, “सबैतिर बत्ती पुगे पनि हामी अध्यारोमा बस्न बाध्य थियौँ । पालिकाको सहयोगले आफूहरुलाई राहत मिलेको छ । हामी खुसी भयौँ ।”

विद्युत्को सेवाबाट वञ्चित दलगाउँका राईसहित मनकुमारी राई र बखतबहादुर राईलाई पालिकाका अध्यक्ष थामबहादुर राईले सोलार सेट हस्तान्तरण गर्दै पालिकाभित्रका कोही पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहयोग गरिएको बताए । “विद्युत् सेवाका लागि दूरी टाढा र आर्थिक अवस्थासमेत कमजोर भएकाले तीन परिवारलाई सहयोग गरेका हौँ”, उनले भने ।

विद्युत् नहुँदा अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाले सहयोग गरेपछि सबै क्षेत्रमा विद्युत् विस्तार भएको वडाध्यक्ष बाबुकुमार राईले बताए । उनका अनुसार विद्युत् प्राधिकरणबाट सबै क्षेत्रमा विद्युत् विस्तार भए पनि दूरी तथा आर्थिक अवस्था कमजोर भएकाले तीन परिवारको घरमा सेवा पुगेको थिएन ।

चाडपर्व नजिकिएसँगै गाउँपालिकाले वडा तहमा पुगेर ज्येष्ठ, अपाङ्गता भएका तथा अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । पालिकाले एनआइसी एसिया बैंकको समन्वयमा दलगाउँका एक सय ५४ लाभग्राहीलाई स्वास्थ्य परीक्षण गरी भत्ता उपलब्ध गराइएको पालिकाका अध्यक्ष राईले जानकारी दिए । पालिकाले आगामी २५ गतेसम्म सबै वडामा पुगेर भत्ता वितरण सम्पन्न गर्ने जनाएको छ ।

 

वि.सं.२०८० असोज १९ शुक्रवार १४:३९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...