झापा । १७ बर्षीय किशोरीलाई एक हप्ता देखि जबरजस्ती करणी गरेको अभियोगमा एक जना किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका-२ बस्ने २० वर्षीय अजय शर्मा खत्वे रहेको प्रहरीले जनाएको छ ।
खत्वेले ती किशोरीलाई खोटाङ दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलमा असोज १० देखि १७ गतेसम्म जबजरजस्ती जरणी गरेको भन्दै किशोरीले उजुरीकाे आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेका हुन् ।
खत्वेलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको छ
वि.सं.२०८० असोज १९ शुक्रवार १५:५१ मा प्रकाशित





























