back
CTIZAN AD

प्रदेश सभामा विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री

वि.सं.२०८० असोज २० शनिवार

879 

shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत सिंह कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री बनेका कार्कीले मुख्यमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने भएकाले आज प्रदेश सभामा विश्वासको मत माग्ने भएका हुन् ।

यसअघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठनबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्षको मत समेत प्रयोग गरेपछि सर्वोच्च अदालतले उनलाई पदबाट हटाएको थियो । थापा हटेपछि प्रदेश सभामा सबैभन्दा धेरै सांसद रहेको नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रदेश सभामा एमालेका ४० सांसद छन् । यद्यपी उपसभामुख सिर्जना दनुवारले सभाको अध्यक्षता गरेपछि कार्कीले ३९ सदस्यको मात्र मत पाउने देखिएकोले विश्वासको मत पूरा गर्न उनलाई कठिन हुने देखिन्छ ।

कार्कीले आफुलाई विश्वासको मत दिन भन्दै प्रदेश सभामा रहेका सबै दललाई पत्रसहित अनुरोध गरेका छन् । कार्कीले आज दिउँसो बस्ने प्रदेश सभाको बैठकबाट विश्वासको मत लिँदैछन् । अन्य दलले मत नदिने बताइरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने मत दिने समयमा निर्णय गर्ने जनाएको छ ।

 

 

 

वि.सं.२०८० असोज २० शनिवार १०:१२ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...