back

एमाले अध्यक्ष ओलीले दिए टिकटक स्टार आयुष र अलिजेहले बधाई

वि.सं.२०८० असोज २० शनिवार

543 

shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केहीदिन अघि इन्गेजमेन्ट गरेका नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीलाई बधाई दिएका छन् ।

दुबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट (टिकाटालो) गरेकोमा बधाई दिँदै ओलीले लेखेका छन्– ‘मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’

केही समयदेखि आफ्नी प्रेमिकासँग दुवईमै रहेका टिकटक स्टार आयुष र अलिजेका परिवारबीच एक समारोहको आयोजना गरी दुवैजनाले इन्गेजमेन्ट गरेका हुन् । टिकटकर आयुषले इन्गेजमेन्ट गरेको फोटो सार्वजनिक गर्दै लेखेका छन् ‘मुझे मेरी रानी मिलेगी’ उता उनकी प्रेमिका जमालीदे पनि ‘प्रमिस रिङदेखि इन्गेजमेन्ट रिङसम्म ।’ भन्दै स्टाटस पोस्ट गरेकी छन् ।

वि.सं.२०८० असोज २० शनिवार ११:४३ मा प्रकाशित

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

महोत्तरी । सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो...

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

नारायणगढ (चितवन) । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन...

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

ढोरपाटन (बागलुङ) । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको...

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

‘पञ्चकुण्ड’ ताल जमेर बरफ बनेपछि बेसिजनमा पनि पर्यटकको लर्को

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा रहेको...

गोदाममा थन्कियो एक करोड केजी चिया

गोदाममा थन्कियो एक करोड केजी चिया

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया...