back
CTIZAN AD

इजरालयमा रहेका नेपालीको सुरक्षा तथा नेपाल फर्काउन नेपाल समाजवादीको आग्रह

वि.सं.२०८० असोज २१ आइतवार

1.3K 

shares

काठमाडौं । नेपाल समाजवादी पार्टीले इजरायलमा रहेका नेपालीलाई सुरक्षा तथा सुरक्षितरुपमा नेपाल फर्काउनका लागि पहल गर्न सरकारसँग आग्रह गरेको छ ।
इजरायलमाथि हमासले गरेको आक्रमणको भत्र्सना गर्दै शान्ति र स्वतन्त्रता नै मानव जातीको सुख रहेको भन्ने मान्यतालाई पार्टीले पूर्ण विश्वास गरेको समेत बताएको छ ।
पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट रोशन पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘इजरायलमा भएको आक्रमणले, इजरायलमा रोजगारी र अध्ययनको सिलसिलामा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु पनि प्रभावित भएको र त्यहाँस्थित नेपाली दूतावासले सार्वजनिक गरेको विवरण अनुसार घाइते नेपालीमध्ये २ जनाको स्थिति गम्भीर रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घाईते हुनुभएका नेपालीहरुको उद्धार र उपचारमा कुनै कमी हुन नदिन इजरायलस्थित नेपाली दूतावासलाई आग्रह गर्दछौं । उहाँहरुको सुरक्षा अवस्थाबारे हाम्रो पार्टी अत्यन्तै चिन्तित छ ।’
सो पार्टीले नेपाल सरकार तथा इजरायलस्थित नेपाली दूतावासले सक्रियता बढाएर सम्पूर्ण नेपालीलाई सुरक्षित स्थानमा स्थान्तरण गराई स्वदेश फर्काउने प्रक्रियालाई यथाशीघ्र रुपमा अघि बढाउन आग्रह समेत गरेको छ ।
त्यस्तै इजरायलमा बसोबास गर्ने सबै नेपाली नागरिकहरुलाई आवासीय नेपाली दूतावासको सम्पर्कमा आइदिन पनि सो पार्टीले अनुरोध गरेको छ ।

 

वि.सं.२०८० असोज २१ आइतवार १४:२० मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...