back
CTIZAN AD

अमेरिका-चीन सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्छ : राष्ट्रपति सि

वि.सं.२०८० असोज २३ मंगलवार

957 

shares

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले सोमबार चीन-अमेरिका सम्बन्धले ‘मानव जातिको भाग्य’ मा प्रभाव पार्ने बताएका छन् ।

बेइजिङमा अमेरिकी सिनेटरहरूको समूहसँगको भेटमा उनले सो कुरा बताएका हुन् । वासिङ्टनले बेइजिङसँगको तनाव कम गर्ने प्रयास गरेकै बेला बहुमत सिनेट नेता चक सुमर छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाने पछिल्लो उच्च तहको अमेरिकी अधिकारी हुन् ।

“परिवर्तनशील र अराजक संसारमा चीन र अमेरिका एकापसमा मिलेर कसरी काम गर्छन् भन्ने कुराले मानव जातिको भविष्य र भाग्य निर्धारण गर्नेछ”, बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुमरसँगको भेटमा सिले भने,“हामीसँग चीन-अमेरिकाबीचको सम्बन्ध बिगार्नका लागि एउटा कारण नभई सुधार्नका लागि एक हजार कारण छन् भनेर मैले थुप्रै राष्ट्रपतिसँग धेरै पटक भन्दै आएको छु ।”

उनले चीन–अमेरिका सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भएको बताए ।

जवाफमा सुमरले राष्ट्रपति सिसँग भने, “हाम्र मुलुकहरूले यो शताब्दीलाई आकार दिनेछन्, त्यसैले हामीले हाम्रा सम्बन्धलाई जिम्मेबार र सम्मानपूर्वक व्यवस्थापन गर्नुपर्छ ।”

पछि सुमरले पत्रकारहरूसँग राष्ट्रपति सिसँग तोकिएको भन्दा दोब्बर ८० मिनेट कुराकानी भएको बताए ।

यसअघि चीनका विदेशमन्त्री वाङ यीले वासिङ्टन र बेइजिङले आफ्ना मतभिन्नताहरूलाई ‘तर्कसङ्गत’ व्यवस्थापन गर्नसक्ने आशा व्यक्त गरेका थिए ।

दियाउती स्टेट गेस्टहाउसमा सुमरसँगको भेटमा वाङले सिनेट प्रतिनिधिमण्डलको भ्रमणले दुई मुलुकबीचको मतभिन्नताहरूलाई तर्कसङ्गतरूपमा व्यवस्थापन गर्न र दुई मुलुकबीचको सम्बन्धलाई स्वस्थ विकासको मार्गमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेको बताएका थिए ।
एएफपी/फाइल फोटो

वि.सं.२०८० असोज २३ मंगलवार ०७:५१ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...