back
CTIZAN AD

सभामुख घिमिरेद्वारा सरकारसंग आग्रह

वि.सं.२०८० असोज २४ बुधवार

1.1K 

shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेका छन् ।

सभामुख घिमिरे आज जारी गरेको शोक वक्तव्यमा दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा भएको आक्रमणमा १० नेपालीको निधन भएकामा दुःख प्रकट गर्दै उक्त आग्रह गरेका हुन् ।

शोक वक्तव्यमा भनिएको छ, “सम्भावित आक्रमणको जोखिममा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा राख्न, नेपाल फर्कन चाहनेलाई सोहीबमोजिमको व्यवस्था गर्न र जीवन गुमाएका नेपालीको शव फिर्ताका लागि आग्रह गर्दछु ।”

सभामुख घिमिरेले विद्रोही आक्रमणमा घाइते भई स्थानीय अस्पतालमा उपचाररत नेपालीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीनको खोजबिनका लागि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै जीवन गुमाउनेहरूको परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

वि.सं.२०८० असोज २४ बुधवार १०:०८ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...