back
CTIZAN AD

एनआरएनए सचिवपदमा कतारबाट होमनाथ शर्माको उम्मेदवारी, यस्ता छन् प्रतिबद्धता

वि.सं.२०८० असोज २४ बुधवार

975 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा बाग्लुङ घर भइ हाल कतारमा रहेका होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

झण्डै २६ वर्षदेखि कतारमा रहेर विभिन्न नेपाली संघसंस्थामार्फत् सामाजिक सेवा सक्रिय रुपमा लाग्दै आएका शर्माले अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज कतारको आयोजनामा सम्पन्न उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रमको विचमा सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।सो समाजका संस्थापक अध्यक्ष तथा संरक्षक समेत रहेका शर्माले उम्मेदवारी घोषणा गर्दै आफ्ना प्रतिवद्धता र उम्मेदवारी घोषणा गर्दै आफ्ना मुख्य प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।

सन् २००३ मा कतारमा एनआरएनएको स्थापना भएदेखिनै संघमा आवद्ध रहेर काम गर्दै आएका शर्मासँग बागलङ सेवा समाज कतारको संस्थापक उपाध्यक्षसहित २ कार्यकाल अध्यक्ष भएर काम गरेको अनुभव छ ।

शर्माले सचिव पदमा उम्मेदवारी घोषणा गर्दै ७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । जसमा सुरक्षीत र मर्यादित वैदेशिक रोजगार, सामाजिक सुरक्षा कोषको सदुपयोग बिदेशमा सिकेको ज्ञान्, सिप र आर्जेको धनको स्वदेशमा सदुपयोग, समृद्द नेपालको परिकल्पना, एनआरएनएको खस्किएको साखलाई सुधार्दै आम रूपमा दिगो एकता सहितको स्मार्ट एनआरएनए, श्रमिकको प्रत्यक्ष हित हुनेगरि सहयोग र उद्दार कार्य, एनआरएनएको परिभाषा भित्र पर्ने सबै नेपालीलाई फ्री सदस्यता, फ्रीमा सबै डेलिगटेस सबैले आफ्नो नेतृत्व आफू भएकै ठाँउबाट अनलाईन मार्फत प्रत्यक्ष नेतृत्व चयन गर्ने पाउने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

 

वि.सं.२०८० असोज २४ बुधवार १३:४७ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...