
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ । असोजमा दुई पटक मुद्दाको पेसी चढे पनि स्थगित हुँदै आएको थियो ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।
न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो। उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।
यसअघि सुनुवाइ रोकिएपछि चीनमा भएको १९औँ एसियाली खेलकुद क्रिकेट प्रतियोगितामा भाग लिन सन्दीप चीनको हान्चाओ पुगेका थिए ।
वि.सं.२०८० असोज २५ बिहीवार १०:२२ मा प्रकाशित