
काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादवलाई डेंगु संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
डेंगी संक्रमण देखिएपछि उपराष्ट्रपति यादवलाई बुधबार बेलुकाबाट मिनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरेर उपचार गरिएको हो ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टका अनुसार उनको अवस्था अहिले स्थिर रहेको छ ।
उपराष्ट्रपति यादवलाई सुरुमा बान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको र पछि सय डिग्री भन्दा बढी ज्वरो आइरहने, टाउको दुख्ने र बान्ता भएपछि चेक गराउँदा डेंगीे दखिएको बताइएको छ ।
वि.सं.२०८० असोज २५ बिहीवार १२:०५ मा प्रकाशित