
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुईदिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ । बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।
महानगरको कार्यक्षेत्रभित्र काम गर्ने सबै प्रकारका आमसञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौं महानगरका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेवकहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।
विश्व दृष्टि दिवस २०८० को अवसरमा काठमाडौं महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा जाँच गरेको हो ।
सांकेतिक फोटो
वि.सं.२०८० असोज २५ बिहीवार १३:४७ मा प्रकाशित