back
CTIZAN AD

सन्दीपले अबका क्रिकेट प्रतियोगिता नखेल्ने

वि.सं.२०८० असोज २६ शुक्रवार

1.4K 

shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । क्रिकेटर सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन् ।

गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु ।’

उनले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन यस्तो निर्णय गरेको बताएका छन् । ‘अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद,’ उनले लेखेका छन् ।

नेपालले कार्तिक १ गतेदेखि घरेलु मैदानमा युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी २० सिरिज खेल्दैछ ।

आगामी टी २० विश्वकपको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। सिरिज लगत्तै नेपालले घरेलु मैदानमा नै आइसिसी विश्वकप टी २० छनोट खेल्नेछ ।

यी सिजिलाईका लागि सन्दीपलाई समेट्दै अन्तिम टोलीको घोषणा भैसकेको छ ।

यसअघि उनले चीनको हाङजाओमा भएको १९ औं एसियाली खेलकुदमा भाग लिएका थिए ।

वि.सं.२०८० असोज २६ शुक्रवार ०८:२१ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...