back

हमास आक्रमणपछि इजरायलमा बेपत्ता भएका जोशीको खोजी भइरहेको छ : परराष्ट्रमन्त्री साउद

वि.सं.२०८० असोज २६ शुक्रवार

741 

shares

काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको खोजी भइरहेको बतएका छन् ।

इजरायलबाट २५४ जना नेपाली नागरिक लिएर नेपाल फर्किएपछि गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री साउदले सञ्चारकर्मीसंग कुरा गर्दै यस्तो बताएका हुन् । नेपाली नागरिकहरु ल्याउन परराष्ट्र मन्त्री साउद आफै पनि त्यसतर्फ गएका थिए ।

मन्त्री साउदले युद्धग्रस्त क्षेत्रमा रहेका अन्य मुलुकका नागरिकहरुको सुरक्षाप्रति इजरायल सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताए । मन्त्री साउन नेपाली नागरिकलाई लिन इजरायल गएको चार्टर विमानमै त्यता गएका थिए ।

इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपाल फर्किन ५५७ जनाले विवरण उपलव्ध गराएको बताए । त्यसमध्ये ५०३ ले तुरुन्तै नेपाल फर्काउन अनुरोध गरका जानकारी दिए । उनले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रबाट ५४ जनालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । आक्रमणबाट घाइते भएका चारमध्ये एक जना सँगै फर्किएको र बाँकी तीन जनाको इजरायलमै उपचार चलिरहेको मन्त्री साउदले बताए ।

वि.सं.२०८० असोज २६ शुक्रवार १०:२४ मा प्रकाशित

Himalayan Life AD
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण

पाटन (ललितपुर) । नेपाली कांग्रेसका युवाहरूले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी...

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

नेपालबाट बाहिरीयो मनसुन, आज कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना !

काठमाडौँ । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू–भागबाट बहिर्गमन भएकाले...

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

जग्गाको स्रेस्ता कायम गर्ने प्रक्रिया थप सहज, के छ नयाँ व्यवस्थामा ?

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको ‘जेनजी’...

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

प्रचण्डको दाबी: प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति नै केपी ओलीको सिफारिसमा भएको हो

ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक

एमाले निकट युवालाई काठमाडौंमा र्‍याली र सभा गर्न रोक काठमाडौ...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...