back
CTIZAN AD

कोशी मुख्यमन्त्री चयन : राप्रपा तटस्थ बस्ने

वि.सं.२०८० असोज २६ शुक्रवार

1.4K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका दुई उम्मेदवारमध्ये कसैको पनि पक्ष नलिने भएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज बिहान बसेको पदाधिकारी बैठकले कोशीको मुख्यमन्त्री चयनका सवालमा तटस्थ बस्ने निर्णय गरेको हो ।

प्रदेशसभा सदस्यद्वय इन्द्र आङ्बो (माओवादी केन्द्र) र केदार कार्की (नेपाली कांग्रेस) ले मुख्यमन्त्री पदका लागि बिहीबारै प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । मुख्यमन्त्रीमा दाबी पेसका लागि दिइएको समय सीमा आज साँझ ५ बजे सकिँदै छ ।

साथै, नेपाली कांग्रेसले कोशी प्रदेशको कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यमन्त्रीको दाबी गर्दा डा. शेखर कोइराला पक्षले एमालेसँग मिलेर कार्कीले विद्रोह गरेपछि निर्णय गर्न प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

वि.सं.२०८० असोज २६ शुक्रवार ११:३० मा प्रकाशित

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौंको का.म.न.पा.–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...