back
CTIZAN AD

युट्युवबाट सिकेर च्याउ खेती गर्छिन थापामगर

वि.सं.२०८० असोज २६ शुक्रवार

1.4K 

shares

गोरखा । गोरखाका एक परिवारले व्यावसायिकरूपमा सिताके च्याउखेती गरेर वार्षिक रू आठ लाख आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–५ ठूलोरिपकी सानुमाया थापामगरको परिवारले सात वर्षदेखि व्यवसायिक च्याउखेती गरेर जीविकोपार्जन गरिरहेको छ ।

“पहिला त आफैँले खानका लागि भनेर सुरु गरेका थियौँ । त्यसैलाई बढाएर अहिले व्यावसायिकरूपमा खेती गरिरहेका छौँ”, सानुमायाले भनिन, “अहिले यही पेसाबाट पूरै परिवारको पालनपोषण र शिक्षादीक्षासमेत सजिलै चलेको छ ।” उत्पादन गरेका च्याउ बजारमा सहज बिक्री हुने गरेको उनिकोे भनाइ छ । राम्रो उत्पादन भएको वर्ष च्याउ खेतीबाटै वार्षिक रू सात–आठ लाखभन्दा बढी आम्दानी हुने गरेको उनिले जानकारी दिईन् ।

बजारमा राम्रो मूल्यमा बिक्री हुने सिताके च्याउको व्यावसायिक खेतीबाट परिवारका २२ जनाको जीविकोपार्जन भइरहेको सानुमालेले बताईन् । “विसं २०७२ माघदेखि च्याउ खेती गर्न सुरु गरेका हौँ । अहिले करिब साढे सात वर्ष हुनै लाग्यो”, उनिले भनिन्, “सिताके च्याउ खेतीबाट सिजनका बेला दैनिक रू पाँच हजारसम्म आम्दानी हुने गरेको छ । राम्रो उम्रेको बेला एकैदिनमा १०–१२ किलोसम्म उत्पादन हुन्छ ।”

सानुमायाले बजारमा माग बढी भएकाले पु¥याउन नसकिएको बताईन् । अहिले बजारमा प्रतिकिलो रू पाँच सयसम्म सिताके च्याउ बिक्री हुने गरेको उनिले जानकारी दिईन् ।

उत्पादन भएका च्याउ बजारभन्दा पनि वरपर र छरछिमेकलाई बिक्री गर्दैैमा सकिने भएकाले मुख्य बजारमा पुर्याउन अझै नपाएको कृषक थापामगरको भनाइ छ । “विशेषगरी मङ्सिरदेखि चैतसम्म राम्रो उत्पादन हुने गर्छ”, उनिले भनिन्, “वर्षभरिमा चार महिना राम्रो कमाइ हुन्छ ।” थापामगरको परिवारले दुईवटा प्लास्टिकको घर निर्माण गरेर खेती गर्दै आएका छन् ।

मुटुरोगीलाई फाइदा पुग्ने भन्ने सुनेपछि सुरुमा आफैँले किनेर खाने गरेको र विस्तारै परिवारका लागि सुरु गरिएको खेती अहिले व्यावसायिक बनेको थापामगरले बताईन् । “पकाएर खाँदा अरु च्याउभन्दा स्वादिलो र मीठो भएपछि आफैँले खेती गर्ने सोच बनायौँ”, उनिले भनिन्, थोरै लगानीमा सुरु गरिएकामा अहिले राम्रो आम्दानी दिएको छ ।”

“राम्रोसँग तालिम पनि अहिलेसम्म लिन पाएका छैनौँ”, थापामगरले भनिन्, “श्रीमान्ले युट्युब हेर्नुहुन्छ । त्यही हेरेर खेती गर्न सिक्छौँ र त्यसैका आधारमा काम गछौँ ।” सुरुमा काठको मुढामा प्वाल पारेर बीउ रोपेपछि करिब छ महिनापछि त्यसले उत्पादन दिन सुरु गर्ने उनिकोे भनाइ छ । एकपटक रोपेको बीउले निरन्तर पाँच वर्षसम्म उत्पादन दिने उनिले बताईन् ।

वि.सं.२०८० असोज २६ शुक्रवार १५:३३ मा प्रकाशित

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, ४० जना कारबाहीमा

गण्डकी । समाजमा अवैध गतिविधि, गुण्डागर्दी र शान्तिसुरक्षामा खलल पु¥याउने...