back
CTIZAN AD

स्वदेश फर्कन चाहनेलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

वि.सं.२०८० असोज २६ शुक्रवार

849 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले इजरायलमा भएको आङ्कवादी आक्रमणका कारण त्रासमा बसेका नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा सांसद विमला सुवेदीले इजरायलमा भएको आङ्कवादी हमलापछि स्वेदश फर्कन चाहने दुई सय चवन्न जनालाई पहिलो खेपमा आज बिहान उद्धार गरिएकामा त्यसको स्वागत गर्दै स्वदेश फर्कन चाहनेलाई सबै नेपालीलाई ल्याउन सरकारसँग आग्रह गरे ।

सांसद रघुजी पन्तले इजरायलमा मारिएका व्यक्तिका पारिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै सम्पर्कविहीन भएका एक जनाको खोजी गर्न सरकारले कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद मनिष झाले इजरायलबाट केही नेपालीलाई ल्याइएकामा त्यसको स्वागत गर्दै स्वदेश आउन चाहने सबैलाई ल्याउन सरकारसँग आग्रह गरे । सांसद रमा कोइराला पौडेलले इजरायलमा धेरै महिला सुसारे भएर गएकाले घर फर्कन चाहने उनीहरूलाई पनि फर्काउनुपर्नेमा जोड दिए ।

नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले शिक्षकका समस्या, स्वास्थ्यकर्मीका समस्या सम्बोधन गर्न माग गर्दै कालोबजारी नियन्त्रणतर्फ पनि ध्यान दिन सरकारसँग आग्रह गरे ।

सांसद माधव सापकोटाले खेतबारी बाँझै राख्दा उत्पादन घटेकाले खाद्यान्न उत्पादन वृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

सांसदहरु मीना तामाङ, मुक्तकुमारी यादव, रामकुमार राई, रणेन्द्र बराली, रञ्जुकुकमारी झाले चाडपर्वका बेला बजार मूल्य नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए ।

सांसद रामकृष्ण यादवले धनुषा जिल्लामा हुलाकी सडकको अवस्था दयनीय भएकाले तत्काल उक्त सडकको मर्मतसम्भार थाल्न माग गरे ।

सांसद रामप्रकाश चौधरीले तराईमधेसका प्रत्येक नगरपालिकामा चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्न सरकारलाई सुझाए ।

नेपाली काङ्ग्रेसका रामहरि खतिवडाले डेङ्गु सङ्क्रमण रोक्न समयमै ठोस प्रयत्न नभए त्यसले भयावह रुप लिने भएकाले समयमै सचेत भएर नियन्त्रणका काममा लाग्नुपर्नेमा जोड दिए ।

 

वि.सं.२०८० असोज २६ शुक्रवार १७:४८ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...