back
CTIZAN AD

इजराइल-गाजा युद्धको छायाँमा शिखर सम्मेलनको तयारी गर्दै चीन

वि.सं.२०८० असोज २९ सोमवार

861 

shares

बेइजिङ । चीनले सोमबार एक सय ३० मुलुकका प्रतिनिधिका लागि एक शिखर सम्मेलनको तयारी गरेको छ जसलाई इजराइल-गाजा युद्धले ओझेलमा पार्नेछ ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मञ्चका शीर्ष आमन्त्रितहरूको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन हुनुहुन्छ । युक्रेनमा आक्रमण गरेसँगै आफ्नो शासन विश्वमाझ एक्लिएपछि विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश यात्रा हुनेछ ।

बीआरआईको एक दशकको अवसरमा आयोजना हुन लागेको सम्मेलनमा चिनियाँ राजधानी बेइजिङमा विश्वका नेताहरू जम्मा हुन थालेका छन् । चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सि जिनपिङको बीआरआई एउटा प्रमुख परियोजना हो ।

चीनले मञ्चमार्फत आफ्नो स्थान विश्वको अग्रणी शक्तिको रूपमा पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिरहेको बेला प्यालेस्टिनी लडाकू सङ्गठन हमाससँगको इजराइलको युद्धले निरन्तर महत्व पाएको छ ।

हमास इस्लामिक लडाकूहरूले अक्टोबर ७ मा इजराइलमा भीषण रकेट हमला गरेपछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको आक्रमणमा इजराइलमा एक हजार चार सयभन्दा बढी मारिएका छन् ।

हमास शासित हमास गाजा पट्टीमा इजराइली बमबारीपछि उक्त क्षेत्रबाट १० लाखभन्दा बढी सर्वसाधारण आफ्नो घर छोडेर भागेका छन् । गाजामा इजराइली हमलामा कम्तीमा दुई हजार छ सय ७० जनाको मृत्यु भएको छ र मर्नेहरूमा अधिकांश सर्वसाधारण रहेका छन् ।

चीनका विदेशमन्त्री वाङ यीले गाजामा इजराइलको कारवाही ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको भन्दै गाजामा नागरिकहरूको सामूहिक सजाय इजराइली सरकारले बन्द गर्नुपर्ने बताएका छन् ।

“इजराइलले संयुक्त राष्ट्रसङ्घका महासचिव र अन्तर्राष्ट्रिय समुदायको आह्वानलाई गम्भीरतापूर्वक सुन्नुपर्छ र गाजाका नागरिकमाथि सामूहिक सजाय बन्द गर्नुपर्छ”, उनले आइतबार भने । वाङको उक्त टिप्पणी चीनले हालसम्म व्यक्त गरेको टिप्पणी मध्येकै कडा हो ।

आफ्नो विज्ञप्तिमा इजराइल–गाजा द्वन्द्वमा विशेषगरी हमासको नाम उल्लेख नगरेको भन्दै पश्चिमी अधिकारीहरूले बेइजिङको आलोचना गरेका छन् ।

विदेशमन्त्री वाङले आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग टेलिफोन कुराकानी गरेका थिए । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनलाई मध्यपूर्वमा आफ्नो ‘प्रभाव’ गरेर शान्ति कायम गर्न आग्रह गरेका थिए ।

चीनको इरानसँग न्यानो सम्बन्ध छ । इरानको सर्वोच्च नेतृत्वको हमास र हेज्बोल्लाह दुवैलाई समर्थन छ । हेज्बोल्लाह लेबनानी लडाकू समूह हो जसले इजराइलविरुद्ध युद्धको दोस्रो मोर्चा खोल्न सक्छ ।

यसै वर्षको सुरुमा चीनले पूर्व क्षेत्री शत्रुहरू इरान र साउदी अरेबियाबीच मध्यस्थता गरेको थियो । इजराइल–हमास द्वन्द्वको युद्धविराम गर्न र शान्ति वार्तालाई अघि बढाउन बेइजिङका विशेष दूत झाई जुनले यसै साता मध्यपूर्वको भ्रमण गर्नुहुने चीनको सरकारी प्रसारक संस्था सिसिटिभीले आइतबार बताएको थियो । यद्यपि सिसिटिभीले मध्यपूर्वको कुल मुलुकको भ्रमण हुने हो भन्ने केही उल्लेख गरेन ।

रणनीतिक निर्भरता

मङ्गलबारदेखि सुरु हुने दुई दिने बीआरआईको मञ्चमा सहभागी हुन विभिन्न देशका नेताहरू बेइजिङ पुगिसकेका छन् । बेइजिङ आइपुगेका नेताहरूमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, चिलीका राष्ट्रपति ग्याब्रियल बोरि, केन्याका राष्ट्रपति विलियम रुटो र इथियोपियाका प्रधानमन्त्री अबी अहमद रहेका छन् ।

सोमबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभ बेइजिङ उडे र केही घन्टामै चिनियाँ विदेशमन्त्री वाङसँग वार्ता गरेका छन् । रुसी राष्ट्रपति पुटिन राति आउने अपेक्षा गरिएको छ । छिमेकी मुलुक युक्रेनमाथिको आक्रमणका कारण आफ्नो देशलाई अन्तर्राष्ट्रियरूपमा एक्ल्याएपछि पुटिनको चीनमाथिको रणनीतिक निर्भरता बढेको छ ।

यो वर्ष चीन र रुसबीचको व्यापार युक्रेनमाथि मस्कोको युद्ध सुरु भएदेखि नै नगन्य स्तरमा बढेको छ । रुसी तेलको चिनियाँ आयातले अन्तर्राष्ट्रिय प्रतिबन्धमा परेको रुसको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान गरेको छ ।

आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न चीनले युक्रेनमाथिको युद्धको आलोचना गर्न अस्वीकार गरेको छ । तर यही बेला उसले मस्कोलाई महत्वपूर्ण कूटनीतिक र वित्तीय सहयोगको प्रस्ताव गरेको छ ।
एएफपी

वि.सं.२०८० असोज २९ सोमवार १३:१६ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...