back
CTIZAN AD

नगरपालिकाद्वारा ‘लम्पीस्किन’ पीडित किसानलाई राहत

वि.सं.२०८० असोज ३० मंगलवार

1K 

shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले लम्पीस्किन रोगबाट पशुचौपाया मरेका तीन सय किसानलाई राहत वितरण गरेको छ । हालसम्म नगरका १२ वडामा तीन सय किसानको तीन सय १० पशु चौपायाको लम्पी स्किनबाट मृत्यु भएको नगरले जनाएको छ ।

नगरले लम्पीस्किन पीडितलाई राहत वितरणको मापदण्ड तयार गरी दुई वटासम्म पशुचौपाया मरेका किसानलाई राहत दिएको हो । मरेका प्रतिपशुचौपायालाई रु १० हजारका दरले तीन सय किसानलाई तीन सय १० पशुचौपायाको राहत प्रदान गरिएको नगर पशुपक्षी शाखाका प्रमुख लीलानाथ सापकोटाले जानकारी दिए । उनका अनुसार नगरले विपद् व्यवस्थापन कोषबाट उक्त राहत वितरण गरेको हो ।

लम्पीस्किन पनौती नगरको वडा नंं १ मा ३८, वडा नं २ मा २४, ३ मा ६६, ४ मा ३५, ५ मा ३१, ६ मा ११, ७ मा चार, ८ मा १४, ९ मा ६० पशुचौपायाको मृत्यु भएको थियो । त्यस्तै वडा नं १० मा २१, वडा नं ११ मा पाँच र वडा नं १२ मा एक मरेका पशुचौपायाको परिवारलाई राहत वितरण गरिएको शाखाले जनायो ।

लम्पीस्किनका कारण काभ्रेपलाञ्चोकमा हालसम्म ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपायाको मृत्यु भएको छ । उक्त रोगका कारण गाईगोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । जिल्लाको सबैभन्दा बनेपा नगरको छवटा वडामा एक सय १८ पशु मरेका थिए ।

यो रोगको हालसम्म कुनै ठोस उपचार पत्ता लागेको छैन । लम्पीस्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्यपूर्व, दक्षिणपूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो । काभे्रपलाञ्चोकमा भने सोही सालको साउनमा पनौतीको एक भैँसीमा देखिएको थियो ।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेषगरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।
रासस/फाइल फोटो

वि.सं.२०८० असोज ३० मंगलवार ०८:१३ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...