back
CTIZAN AD

माटो बेचेर चाडवाडका लागि खर्च जुटाउँछन् यहाँका महिला

वि.सं.२०८० असोज ३० मंगलवार

2.3K 

shares

महोत्तरी । दसैंँ सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडवाडको खर्च जोहोमा लागेका छन् । दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दसैँ खर्चको जोहोमा लागेका हुन् ।

अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार÷पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्रीरहेका भेटिन्छन् । दसैँैंमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो सङ्कलनमा लागेका छन् ।

मधेशका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँैं, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् । अहिले फरक–फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् ।

“कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चुरे नै पुग्नुपर्छ” सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास–३ को चुरे थुम्को पुगेका भङ्गाहा नगरपालिका–३ टिकुलिया बस्तीकी हेमकली चौधरी भन्छिन् । “यही मेहनतले आफ्नो घर पोत्न र दसैँैं खर्चको नगद जोहो गर्न माटो लगिन्छ ।” रातो माटो एक बोरा (४० किलो) घर पु¥याउन सके आफ्नो घर पोतेर नगद आर्जन गर्न पाइने उनी बताउछीन् ।

पितृपक्ष सकिएर दसैँ प्रारम्भ भइसकेको छ । गरिब बस्तीका महिलाले भने १५ दिनअघि नै माटो खन्न, ओसार्न थालिएको बताएका छन् । माटो खन्ने काममा घरका परिवारजनको सहयोगले सहज भएको औरही–७ की पारोवती ठाकुरले बताइन् । अहिले गरिब बस्तीका महिलाको माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्तता देखिन्छ ।

बस्ती नजिकैको रातु नदीको डिलमा कमेरे माटो खोस्री रहेकी भेटिएकी भङ्गाहा–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले भनिन् “कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५÷१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ ।”

मधेशका खासगरी थारु, बाँतर र मुसहर बस्तीमा अहिले माटो सङ्कलनको होड चलेको छ । यी समुदायका महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । भङ्गाहा–५ राजपुरका ६८ वर्षीय पुरुषोत्तम पोखरेल भन्नुहुन्छ, “घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैंँ उम्दा देखिन्छन् ।”

दसैँमा थारु, बाँतर र मुसहर महिलाको साथसङ्गतले अन्य जाति समुदायका महिला पनि अहिले माटो सङ्कलनमा लागेका छन् । दसैँअघि माटो जम्मा गर्नसके दसैँैं मेलामा रमाउन र स–साना नानीको खानपिनको रहर पु¥याउन सहयोग पुग्ने गौशाला–१ रामनगरकी पवनवती महरा बताउछीन् । मधेशका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दसैँमा घर पोत्ने चलन छ ।

 

वि.सं.२०८० असोज ३० मंगलवार १६:२५ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...