back
CTIZAN AD

बुधबारदेखि ‘मुख्यमन्त्री गोल्डकप फुटबल’

वि.सं.२०८० कात्तिक १३ सोमवार

1.6K 

shares

जानकी (बाँके) । बाँकेको कोहलपुरमा आउँदो बुधबारदेखि मुख्यमन्त्री गोल्डकप फुटबल सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलनमार्फत कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा मैदानमा ‘मुख्यमन्त्री गोल्डकप फुटबल खेलकुद प्रतियोगिता २०८०’ सुरु हुने भएको आयोजकले जनाएको छ ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित यो वर्षको साताव्यापी खेलकुद प्रतियोगिता हुने कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले बताए ।
उक्त खेलको तयारी अन्तिम चरणमा पुगेको छ । अध्यक्ष क्षेत्रीले गोल्ड कप विजेता टोलीले रु आठ लाख र तथा उपविजेताले रु चार लाख प्राप्त गर्ने बताए । ‘नकआउट’ बमोजिम खेलाइने उक्त प्रतियोगितामा आयोजक टोलीसहित स्वदेशी र विदेशी गरी आठ टोली सहभागी हुने अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

उनले भने,“गोल्डकप खेल्न विदेशी टोली कोहलपुरका लागि हिँडिसकेको छ ।” खेल हेर्न आउने दर्शकसँग केही शुल्क लिने आयोजकले जनाएको छ । आगामी कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुहुने आयोजकले जनाएको छ ।

अध्यक्ष क्षेत्रीका अनुसार गोल्डकप सञ्चालन गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश, कोहलपुर नगरपालिका, नेपाल टेलिकमलगायतले सहकार्य गरेको छ ।

गोल्डकपको माध्यममार्फत यसक्षेत्रको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने आयोजकको विश्वास छ । गोल्डकप खेल्न आउने स्वदेशी र विदेशी खेलाडीलाई बाँके राष्ट्रिय निकुञ्ज, प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलगायत बाँकेको पर्यटकीय क्षेत्रको अवलोकन गराइने छ ।

प्रतियोगिता सञ्चालन गर्न स्थानीयस्तरबाट पनि सहयोग प्राप्त भएको आयोजकको भनाइ छ । ‘गतवर्षको कमी कमजोरी तथा चुनौतीलाई सुधार गरेर हामीले यसवर्ष व्यवस्थापनमा विशेष ध्यान दिएका छाैँ,’ अध्यक्ष क्षेत्रीले भने ।

पत्रकार सम्मेलनमा गोल्डकपको ‘टिसर्ट’समेत सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा उपस्थित भएका बाँकेस्थित सम्बद्ध सरोकारवालाले आवश्यक सुझावसहित गोल्डकप सफलताको शुभकामना दिएका थिए ।

गतवर्ष पहिलो पटक आयोजना गरिएको कोहलपुर गोल्डकपको उपाधि एफसी क्लब क्यामरुनले हात पारेको थियो । ब्वाईज युनियन क्लब काठमाडौँलाई पराजित गरेको एफसीले नगद रु सात लाख प्राप्त गरेको थियो ।
रासस/सांकेतिक फोटो

वि.सं.२०८० कात्तिक १३ सोमवार १३:२४ मा प्रकाशित

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...