back

साताको दास्रो दिन सामान्य अङ्कले बढ्यो नेप्से

वि.सं.२०८० कात्तिक १३ सोमवार

846 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ०४ अङ्कले बढेर एक हजार आठ सय ७८ दशमलव ७० अङ्कमा कायम भएको छ ।

आज दुई सय ८७ कम्पनीको २८ लाख २४ हजार सात कित्ता शेयर ३० हजार दुई सय ३७ पटक खरिद बिक्री हुँदा रू ६९ करोड ४२ लाख २२ हजार दुई सय १७ बराबरको कारोबार भएको छ ।

आज होटल तथा पर्यटन समूह शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० र म्युचुअल फन्ड शून्य दशमलव ४६ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूह शून्य दशमलव ८६ र व्यापार समूह शून्य दशमलव ८१ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ८२ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको रू तीन करोड ६० लाख ७४ हजार सात सय ४० बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ बैंक लिमिटेड प्रमोटर शेयर दुई लाख कित्ता किनबेच भएको छ ।

 

वि.सं.२०८० कात्तिक १३ सोमवार १६:२० मा प्रकाशित

छ दिनदेखि ओरालो लागेको सेयर आज दोहोरोे अङ्कले बढ्यो

छ दिनदेखि ओरालो लागेको सेयर आज दोहोरोे अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो...

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्यो

  काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि...

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

साताको पहिलो दिन नै उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

साताको अन्तिम दिन  दोहोरो अङ्कले घट्यो नेप्से

साताको अन्तिम दिन दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन फागुन १३ देखि

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि...