काठमाडौं । घरेलु टोली नेपालले आज मंगलबार आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेल मलेसियासँग खेल्दैछ ।
खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । घरेलु टोली लगातार दोस्रो जितका लागि मैदान उत्रदैछ ।
नेपालले समूह चरणको पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो ।
नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।
वि.सं.२०८० कात्तिक १४ मंगलवार ०७:२९ मा प्रकाशित






























