back

नौमती बाजा संरक्षण गर्दै नगरपालिका

वि.सं.२०८० कात्तिक २९ बुधवार

366 

shares

गलकोट (बागलुङ) । पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङमा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ ।

बागलुङ-८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्नका लागि उक्त बाजा सहयोग गरिएको हो । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि बागलुङ नगरपालिकाले नगरस्तरीय रु तीन लाख बजेटमार्फत दुई समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने नौमती बाजा वितरण समितिका अध्यक्ष जब्बरबहादुर नेपालीले बताए । उनका अनुसार दलित समुदायभित्र दुई समूहले नौमती बाजा बजाउने गर्दछन् । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेकाले नगरपालिका संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको बागलुङ-८ सिगानाका वडाध्यक्ष राजु कार्कीले बताए ।
रासस /फाइल फोटो

वि.सं.२०८० कात्तिक २९ बुधवार ०७:५६ मा प्रकाशित

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

महोत्तरी । सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो...

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

नारायणगढ (चितवन) । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन...

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

ढोरपाटन (बागलुङ) । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको...