back
CTIZAN AD

विदेशको जागिर छाडेर बाख्रा र माहुरीपालन, स्वदेशमै लाखौं आम्दानी

वि.सं.२०८० मंसिर २१ बिहीवार

1.7K 

shares

गलकोट(बागलुङ) । नेपालमा धेरै युवा सम्भावना नभएर परदेश गएका सन्दर्भमा यहाँका ३६ वर्षीय युवा विदेशको राम्रो जागिर छाडेर नेपालमै पशु तथा मौरीपालनमा लागेका छन् ।

बागलुङको बडिगाड गाउँपालिका–१ दगा निवासी मतिलाल वनले सात वर्षअघि रु १० लाख लागतमा बाख्रापालन थालेका थिए । पढेलेखेका युवा जागिर खाने र विदेशमा रोजगारीका लागि पुग्ने परम्परालाई चिर्दै वन गाउँमै उद्यम गर्ने अठोट मात्रै गरेनन् विदेशको राम्रो जागिर छाडेर सात वर्षअघि स्वदेश फर्कएका थिए ।

जागिरभन्दा उद्यममा सम्भावना देखेका वनले बाख्रा र मौरीपालनबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । भारतमा पुगेर बजारीकरण विषयमा स्नातकोत्तर पास गरेका उनी बजारीकरण क्षेत्रबाटै मलेसियासमेत पुगेका थिए ।

तीन वर्षको मलेसिया बसाइँ छाडेर गाउँमै कृषि गर्ने उद्देश्यले वन नेपाल फर्किएका थिए । सात वर्षअघि मात्रै रु १० लाख लागतमा बाख्रा र मौरीपालन थालेका वन अहिले मनग्य आम्दानी गर्न सफल भएका छन् । धर्मराज बाख्रा फार्म र पुष्पा मौरी फार्म गरी दुई वटा नाममा फार्म सञ्चालन गर्दै आएका उनको बाख्रा फार्मममा एक सय ५० बाख्रा, बोका र पाठापाठी रहेका छन् भने ६० वटा मौरीका घार रहेका छन् ।

“बुबा भारतमै हुनुहुन्थ्यो, एसएलसी पासपछि भारत गए, उतै बजारीकरण विषयमा डिग्री हासिल गरे, उतैबाट मलेसिया पुगे”, वनले भने, “मासिक रु तीन लाख आम्दानी हुने जागिर मलेसियामा तीन वर्ष गरे, केही रकम जम्मा गरेर गाउँ फर्कने निधो गरे, सात वर्षअघि पुर्खाले परम्परागतरुपमा गर्दै आएको बाख्रापालन र मौरीपालनलाई व्यवसायीकरण गर्न थाले, अहिले वार्षिक रु १५ लाखसम्मको बाख्रा र मौरीबाट कारोबार गर्दछु ।”

उनले मौरीपालन र बाख्रा फार्म दर्ता गरेर दुई फार्मको मालिक बन्न सफल भएको जनाउँदै वार्षिक रु छदेखि आठ लाखसम्म बचत गर्न सफल भएको बताउछन् । पढेलेखेकाभन्दा नपढेकाले मात्रै गर्ने कृषि पेसालाई विस्तारै पढेलेखेकाले अगाल्दा बढी सफल हुने उनको भनाइ छ ।

उनले पढेलेखेकाले खाने सरकारी जागिरभन्दा मौरीपालन र बाख्रापालनबाट बढी रकम कमाउन थालेको र अन्य युवाले समेत उद्यममा लगानी गर्न आवश्यक रहेको बताए ।

“भारतमै ठूलो कम्पनीको मार्केटिङ जनरल म्यानेजेर थिए, मलेसिया पुगेर त मासिक रु तीन लाख कमाइ हुने जागिर खाए सात वर्षअघि तर नेपालमा नै केही गर्न पर्दछ भनेर लागी परे”, उनले भने, “बाख्रापालन व्यवसायभन्दा मौरीपालनबाट धेरै आम्दानी गर्न सकिने अनुभव सँगालेको छु, अहिले बाख्राबाट आफ्नो मेहनतसहित २० देखि ३० प्रतिशत र मौरीपालनबाट ६० प्रतिशत खुद नाफा गर्न सकिने रहेछ ।”

हाल पूर्वाधार, खोर, मौरीका घार र बाख्रासहित झण्डै रु ६० लाखको पुँजी जम्मा भएको उनको भनाइ छ । कमाइ भएको केही प्रतिशत पुँजी वृद्धिमा हाल्दै आएको र अन्य रकम बचत गर्ने गरेको वनले बताए । राज्यले अनुदान दिने नीति सुधार्न आवश्यक रहेको जनाउँदै वनले ५० प्रतिशत अनुदानले किसान झनै समस्यामा परेको बताए ।

उनले रु १० लाख लगानी गरेको खोरमा रु पाँच लाख राज्यले दिँदा आफ्नो लगानी उठाउन धेरै समय लागेको जानकारी दिँदै असली किसानलाई शतप्रतिशत अनुदान दिनुपर्ने बताए । उनले नेपाल सरकारबाट शून्य ब्याजदरमा रु १५ लाख ऋण ल्याएको जनाउँदै उक्त ऋणले आफूलाई ठूलो राहत पुगेको बताए । अहिले वनको फार्ममा यती सेरेना जातको मौरी रहेका छन् भने खरीजात, जमुनापारी, बोयर क्रसजातका बाख्रा रहेका छन् ।

उनले मौरीको महलाई प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएका छन् । उत्पादन भएको मौरी र बोकालाई बजारको अभाव भने नभएको उनले बताए । वनको फार्ममा बाबा, आमा, श्रीमतीले समेत सहयोग गरिरहेकी छन् । बाख्रापालनका लागि स्थानीय घाँस एक सय रोपनीमा रहेको छ भने ३० रोपनी जग्गामा आधुनिक प्रजातिको घाँसखेती गरिएको छ ।रासस

वि.सं.२०८० मंसिर २१ बिहीवार १६:३० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...