back
CTIZAN AD

साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, यी कम्पनीको कारोबार उच्च

वि.सं.२०८० मंसिर २१ बिहीवार

1.3K 

shares

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ । कूल ९५ लाख पाँच हजार छ सय आठ कित्ता शेयर रु दुई अर्ब ७९ करोढ ९१ लाख ४६ हजार चार सय ३३ मूल्यमा खरिद बिक्री भएका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पुनःबीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो कम्पनीको रु ८६ करोड ८३ लाख ७८ हजार एक सय बराबरको कारोबार भयो ।

सिटिजन लाइफ इन्स्योरेन्स रु नौ करोड ५४ लाख ६८ हजार सात सय ९६, सोनापुर मिनरल्स रु नौ करोड २७ लाख ६१ हजार तीन सय ६८, माउण्टेन इनर्जी रु आठ करोड ७६ हजार २८ हजार छ सय ४२ र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु आठ करोड बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा छ ।

त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त नौ दशमलव ९७, सिवाइसी नेपाल लघुवित्त नौ दशमलव ९१, नवील ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ४८ र आशा लघुवित्तका लगानीकर्ताले सात दशमलव शून्य पाँच प्रतिशतले कमाएका छन् ।

यस्तै ग्लोबल आइएमई लघुवित्त सात दशमलव ८१, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ४१, विजय लघुवित्त पाँच दशमलव १९, मेछ्यान हाइड्रोपावर दुई दशमलव ९२ र सिटिजन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले दुई दशमलव ९० प्रतिशतले गुमाएका छन् ।

 

वि.सं.२०८० मंसिर २१ बिहीवार १७:४० मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...