back
CTIZAN AD

आज मंसिर २३ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ त तपाईको आजको दिन ?

वि.सं.२०८० मंसिर २३ शनिवार

3.8K 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काममा केही चुनौती देखिनेछन् र सोचेको फाइदा उठाउन समय लाग्नेछ। पेसा–व्यवसायमा प्रतिस्पर्धी बढ्न सक्छन्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै नयाँ काममा जग बसाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य–चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। लक्ष्य प्राप्त गर्न नसकिएला। नयाँ काम थाल्न समय प्रतीक्षा गर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नियमित काम सम्पादन भए पनि विशेष योजना अड्किन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्ने समय छ। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
फाइदा भए पनि प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। केही विवादास्पद जिम्मेवारी आउनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ढिलासुस्तीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो विचार सम्प्रेषण गर्न केही समय प्रतीक्षा गर्नुहोला।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा सजग नहुँदा महत्त्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा होस नपुग्नाले खर्च बढ्नेछ। ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ। तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। आफ्नै कमजोरीले विवाद निम्त्याउला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तापनि सहयोगीहरूले हिम्मत दिलाउनेछन्। मिहिनेतले काम सम्पादन हुनेछ र प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि पेसा–व्यवसायमा फाइदा हुनेछ। निरन्तर लागिपर्दा अप्ठ्यारो कामसमेत बन्न सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले काममा जुट्न नसकिए पनि सहयोगीहरूले साथ दिनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। विगतका कमजोरीमा सुधार आउनेछ। लगनशीलताले लाभ दिलाउन सक्छ। तर मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्नेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आफ्ना कमजोरी बाहिर आउनाले पनि काममा समस्या पर्न सक्छ।

तपाईको आज मंसिर २२ गते, शुक्रवारको राशिफल, हेर्नुहोस् आज क-सलाई छ त विशेष शुभ ?

वि.सं.२०८० मंसिर २३ शनिवार ०६:४१ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...