back

आर्थिक अभावमा बौद्ध विद्यालय बन्द हुने अवस्थामा

वि.सं.२०७४ वैशाख १८ सोमवार

537 

shares

१८ वैशाख, नवलपरासी । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय (विद्यापीठ) आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।

बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठ अहिले आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।
आर्थिक अभावकै कारण विद्यापीठमा अध्ययन गर्ने बालबालिकाको गाँस, बास, कपास र पठनपाठनमा समस्या देखिएको छ भने भौतिक संरचनाको अभावले कक्षाकोठाको कमी र बासको समस्या देखिएको छ ।

बौद्ध भिच्छुनीले सन् २०५५ सालमा जिल्लाको हाल विनयी गाउँपालिका–२ दाउन्ने डाँडामा अहिंसावादी विद्यापीठ सँगै बालगृहको निर्माण गरेपछि नियमित रुपमा पठनपाठन गरिँदै आएको छ । मुठीदान र कर्मकाण्डबाट सङ्कलन भएको आम्दानीले चल्ने उक्त विद्यापीठमा १४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यापीठमा नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब बालबालिका अध्ययनरत छन् ।

जसमध्ये १०२ जना बालबालिका बालगृहको होस्टलमा बस्दै आएका छन् । सो विद्यापीठ सञ्चालन गर्न आर्थिक रुपमा निकै समस्या परेको गृहकी सञ्चालिका सानीमाया तामाङले जानकारी दिनुभयो ।

बौद्ध शिक्षा अनिवार्य गरी कक्षा १० सम्म पठनपाठन गराउँदै आएका यस विद्यापीठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीलाई बाहिरको विद्यालयमा अध्यापन गराउँदै आएको छ । विद्यापीठलाई चाहिने १२ वटा कक्षाकोठामा नौ वटामात्र कक्षाकोठा छन् । होस्टलमा बस्ने सम्पूर्ण बालबालिका विद्यार्थीको खाना, लत्तकपडा, बास, किताब, कलम, कापीलगायत सम्पूर्ण खर्च सो विद्यापीठले नै व्यहोर्दै आएको छ ।

पठनपाठनका लागि १३ जना शिक्षक कर्मचारी छन् जसका तलब मात्र रु एक लाख ८६ हजार हुन पुग्छ । बालगृह र विद्यापीठमा एक जनाको राहत दरबन्दी र एक जना बाल शिक्षक छन् अरु सबै निजी स्रोतमा तलब खाने गरेका छन् ।

इसापूर्वतिर उक्त दाउन्ने डाँडामा भगवान् गौतम बुद्धको आमा विवाह गर्नुभन्दा पहिला महामाया देवीको तपोभूमि अर्थात् तपस्या गरेको भन्ने लोक भनाइ छ ।

नवलपरासी जिल्लाको कावासोती, हसौरा गैँडाकोट र दाउन्नेमा गरी चार वटा बालगृहमा करिब २५० जना बालबालिका रहँदै आएका छन् ।

वि.सं.२०७४ वैशाख १८ सोमवार ०४:०५ मा प्रकाशित

Himalayan Life AD
मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ–लमजुङ सडकमा तीनदिन रातिमा सवारीसाधन चलाउन रोक

मनाङ । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज...

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

खेतमा बाख्रा लिन जाँदा चट्याङ लागेर महिलाको मृत्यु

सुरुङ्गा (झापा) । चट्याङ लागेर आज यहाँ एक महिलाको मृत्यु...

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडीमा भ्यान दुर्घटना हुँदा, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते...

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश – छ महिनामा धेरै गर्न सकिन्छ

आन्दोलनकी घाइते लिजाको सरकारलाई सन्देश – छ महिनामा धेरै गर्न सकिन्छ

काठमाडौँ । भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका...

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा...

सार्वजनिक बिदामा पनि यी १३ वटा निगमका डिपो खुला रहने

सार्वजनिक बिदामा पनि यी १३ वटा निगमका डिपो खुला रहने

काठमाडौँ । दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय...