back
CTIZAN AD

चट्याङका कारण आगलागी हुँदा घर जलेर नष्ट

वि.सं.२०७४ वैशाख १८ सोमवार

870 

shares

१८ वैशाख,ताप्लेजुङ । चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

चट्याङपछि आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिनुभयो ।

चट्याङले पासाङ शेर्पा सामान्य घाइते भएका छन् । तीनतले घर जल्दा लाखौँको क्षति भएको तर पूर्ण विवरण सङ्कलन भइनसकेको रेडक्रस शाखा खोक्लिङका अध्यक्ष झरेन्द्र थापाले बताउनुभयो ।
बालकको मृत्यु
यसैगरी छाताको डाँठमा बारुद भरेर आगो सल्काउँदा पड्किएर घाइते भएका आठराई त्रिबेणी गाउँपालिका– १ निघुरादिनका एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुकवीर तामाङका छोरा १० वर्षीय मिलन तामाङ रहेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शनिबार साँझ साथीसँग बसेर सलाइको बारुद निकालेर डाँठमा भरेको र पछि आगो सल्काउँदा पड्किएर मिलन घाइते भएका थिए । सँगै रहेका रुपनारायण नाम गरेका साथी भागेका थिए । घाइते भएका मिलनलाई भने आइतबार बिहान स्कूल जाने साथीले लडिरहेको देखेपछि गाउँलेलाई खबर गरेका थिए । गाउँलेले थाहा पाएपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा उनको मृत्यु भएको स्थानीय नगेन्द्र सिटौलाले जानकारी दिनुभयो ।

वि.सं.२०७४ वैशाख १८ सोमवार ०४:०३ मा प्रकाशित

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...