back
CTIZAN AD

आर्थिक अभावमा बौद्ध विद्यालय बन्द हुने अवस्थामा

वि.सं.२०७४ वैशाख १८ सोमवार

801 

shares

१८ वैशाख, नवलपरासी । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय (विद्यापीठ) आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।

बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठ अहिले आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।
आर्थिक अभावकै कारण विद्यापीठमा अध्ययन गर्ने बालबालिकाको गाँस, बास, कपास र पठनपाठनमा समस्या देखिएको छ भने भौतिक संरचनाको अभावले कक्षाकोठाको कमी र बासको समस्या देखिएको छ ।

बौद्ध भिच्छुनीले सन् २०५५ सालमा जिल्लाको हाल विनयी गाउँपालिका–२ दाउन्ने डाँडामा अहिंसावादी विद्यापीठ सँगै बालगृहको निर्माण गरेपछि नियमित रुपमा पठनपाठन गरिँदै आएको छ । मुठीदान र कर्मकाण्डबाट सङ्कलन भएको आम्दानीले चल्ने उक्त विद्यापीठमा १४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यापीठमा नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब बालबालिका अध्ययनरत छन् ।

जसमध्ये १०२ जना बालबालिका बालगृहको होस्टलमा बस्दै आएका छन् । सो विद्यापीठ सञ्चालन गर्न आर्थिक रुपमा निकै समस्या परेको गृहकी सञ्चालिका सानीमाया तामाङले जानकारी दिनुभयो ।

बौद्ध शिक्षा अनिवार्य गरी कक्षा १० सम्म पठनपाठन गराउँदै आएका यस विद्यापीठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीलाई बाहिरको विद्यालयमा अध्यापन गराउँदै आएको छ । विद्यापीठलाई चाहिने १२ वटा कक्षाकोठामा नौ वटामात्र कक्षाकोठा छन् । होस्टलमा बस्ने सम्पूर्ण बालबालिका विद्यार्थीको खाना, लत्तकपडा, बास, किताब, कलम, कापीलगायत सम्पूर्ण खर्च सो विद्यापीठले नै व्यहोर्दै आएको छ ।

पठनपाठनका लागि १३ जना शिक्षक कर्मचारी छन् जसका तलब मात्र रु एक लाख ८६ हजार हुन पुग्छ । बालगृह र विद्यापीठमा एक जनाको राहत दरबन्दी र एक जना बाल शिक्षक छन् अरु सबै निजी स्रोतमा तलब खाने गरेका छन् ।

इसापूर्वतिर उक्त दाउन्ने डाँडामा भगवान् गौतम बुद्धको आमा विवाह गर्नुभन्दा पहिला महामाया देवीको तपोभूमि अर्थात् तपस्या गरेको भन्ने लोक भनाइ छ ।

नवलपरासी जिल्लाको कावासोती, हसौरा गैँडाकोट र दाउन्नेमा गरी चार वटा बालगृहमा करिब २५० जना बालबालिका रहँदै आएका छन् ।

वि.सं.२०७४ वैशाख १८ सोमवार ०४:०५ मा प्रकाशित

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...