काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा उच्चस्तरीय छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले प्रारम्भिक रुपमा कमजोरी देखिएकाहरुलाई निलम्बन गरेको बताए ।
घटना सामान्य नभएको, तर प्रधानमन्त्री दोलखा भएकाले घटना भएकै दिन मन्त्रिपरिषद् बस्न नसक्ने भएपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको उनले सुनाए ।
गृहमन्त्री श्रेष्ठले आज सरकारले बनाएको उच्चस्तरीय आयोगले सबै पक्षमा छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।
वि.सं.२०८० पुस १६ सोमवार १३:४३ मा प्रकाशित






























