back
CTIZAN AD

प्रधानमन्त्री कप महिला टी-२० : कोशीसँग हार व्यहोर्दै सुदूरपश्चिम क्वालिफायरबाटै बाहिरियो

वि.सं.२०८० पुस १६ सोमवार

1.2K 

shares

 

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टी २० प्रतियोगिताको क्वालिफायरबाटै सुदूरपश्चिम प्रदेश बाहिरिएको छ । आज भएको दोस्रो क्वालिफायरमा कोशी प्रदेशसँग १० विकेटको फराकिलो हार व्यहोर्दै साविक विजेता सुदूरपश्चिम बाहिरिएको हो ।

अघिल्लो संस्करण सुदूरपश्चिमले कोशी प्रदेशलाई नै हराउँदै उपाधि जितेको थियो ।

कोशीले अब उपाधिका लागि बुधबार एपीएफको सामना गर्नेछ । पहिलो क्वालिफायरमा एपीएफसँग ५२ रनले पराजित हुँदै कोशीले दोस्रो क्वालिफायरमा खेलेको हो ।

कोशीले १३ ओभरमा १ विकेटको क्षतिमा सुदूरपश्चिमले दिएको ८९ रनको सामान्य लक्ष्य भेट्टायो ।

आजको खेलमा पहिलो विकेटका लागि कप्तान रुविना क्षत्री र काजल श्रेष्ठले ५९ रनको साझेदारी गर्दै कोशीलाई जित नजिक पुर्याएका थिए । कप्तान रुविनाले २३ बलमा ७ चौका र १ छक्का मद्धतमा ३७ रन बनाउँदा क्याच आउट भइन् । काजल श्रेष्ठ ३८ र अप्सरी वेगम १२ रनमा नटआउट रहे । काजलले ३५ बलमा ७ चौका प्रहार गरिन्। अप्सरीले २१ बलमा २ चौका हानिन् ।

कोशीका लागि संगिता राईले दुई विकेट लिइन् । सवनम राई, नशिा शाह र एलिसा खाडियाले एक विकेट झारे ।

त्यसैगरी, सुदुरपश्चिमका लागि लक्ष्मी साउदले १ विकेट झारिन् । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८८ रनको योगफल तयार पार्यो ।

सम्झना खड्काले बनाएको २५ रन नै कोशीका लागि सर्वाधिक रह्यो। २४ बलमा ४ चौका प्रहार गरिन् । ओपनर बिन्दु रावल १७ रनमा रन आउट भइन् । रेवती धामी ४ रनमा बोल्ड आउट भइन् । कविता धामी १५ रनमा क्याच आउट भइन् ।

रुवि पोडार र अनु कठायत समान ७ रन बनाउँदा आउट भए । लक्ष्मी साउद ७ र सावित्री धामी शुन्य रनमा नटआउट रहे। कप्तान रितु कनौजिया शुन्य रनमा रनआउट भइन् ।

फाेटाे :क्यान

 

 

वि.सं.२०८० पुस १६ सोमवार १४:१० मा प्रकाशित

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...