बंगलादेशबाट चिकित्सा शिक्षा अध्ययन गरी नेपाल फर्किएका नेपाली चिकित्सकहरूको संगठन ‘सोसाइटी फर नेपालिज डाक्टर्स अफ बंगलादेश’(एसएनडिबी) ले आगामी दुई वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।
३० डिसेम्बरका दिन काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमले कोलेरेक्ट्रल सर्जन डा राकेश साहको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरेको हो ।
सएनडीबिका अध्यक्ष डा दिनेशप्रसाद कोइरालाको अध्यक्षता रहेको सो कार्यक्रममा न्यामसका रेक्टर तथा एनएमएका पूर्व अध्यक्ष, प्रमुख अतिथि डा अनिल विक्रम कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी कार्यक्रममा एनएमएका अध्यक्ष डा. लोचन काकीए, एनएमएका सहकोषाध्यक्ष डा विक्रान्त ढकाल र कार्यकारिणी सदस्य डा तेजसुसिंह मल्ल लगायतका सम्मानित अतिथिहरूको उपस्थिति रहेको थियो ।
बंगलादेशबाट नेपाली डाक्टरहरूको समाज (SNDB) नेपाली चिकित्साहरूलाई एकसाथ ल्याउन समर्पित एक गैरलाभकारी संस्था हो । यो बंगलादेशमा MBBS/BDS वा MD/MS/MDS पूरा गरेका सबै नेपाली डाक्टरहरूको साझा मञ्च हो । यसले आफ्ना सदस्यहरू बीच नेटवर्किङ, व्यावसायिक विकास, र सामुदायिक संलग्नताको लागि प्लेटफर्म सिर्जना गर्ने लक्ष्य राख्छ । यसले नेपाल चिकित्सक संघद्वारा मान्यता प्राप्त समेत गरेको छ ।
कार्यसमितिको उपाध्यक्ष तथा प्रदेश संयोजकहरूमा क्रमशः डा राजेन्द्र चौधरी (कोशी), डा अमरेश कर्ण(मधेश), डा नरेन्द्र शालिके (बागमती), डा कथित राज घिमिरे(गण्डकी), डा नारायण दुलाल (लुम्बिनी), डा खिम केसी (कर्णाली) र डा पवन कुमरा साह (सुदूरपश्चिम) चयन भएका छन्।
यस्तै, महासचिवमा रितेश घिमिरे, सचिवमा डा नेहाल अश्रफ, सहसचिवमा डा पिंकी साह, कोषाध्यक्षमा डा अमृता श्रेष्ठ र सहकोषाध्यक्षमा डा अभिषेक राज चयन भएका छनु ।
यसैगरी, सदस्यहमा डा शिरिष शिलवाल, डा मयंक आचार्य, डा अभिषेक तिवारी, डा मनु भट्टराई, डा अंकिता पालिखे, डा मनिष गुरमैता, डा प्रज्वल गौचन, डा सरिता गुरूङ, डा मुकेश साह र डा मिलन सुवेदी चयन भएका छन्।
डा राकेश शाह काठमाडौंका विभिन्न अस्पतालमा कोलोरेक्टल सर्जनको रूपमा कार्यरत छन् र उनी एसएनडिबीका संस्थापक पनि हुन् । उनले बंगलादेशबाट एमबीबीएस र कोलोरेक्टल सर्जरीमा एमएस पूरा गरेका छन् । उनी बंगलादेशस्थित विश्व नेपाली संगठन (डब्लुएनएसओ)का पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार र नेपाल चिकित्सक संघका काउन्सिल सदस्य पनि छन् ।
नवअध्यक्ष डा. साहले नयाँ समितिका सदस्यहरूले आ–आफ्नो भूमिकामा विशेषज्ञता र विविध सीपहरू कार्यक्षेत्रमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । ‘सहयोग, व्यावसायिक विकास, र सामुदायिक संलग्नतालाई बढावा दिने संस्थाको मिशन जारी राख्न सक्ने क्षमतामा विश्वस्त छ’ डा. साह बताउँछन् ।
वि.सं.२०८० पुस १६ सोमवार १४:३२ मा प्रकाशित





























