back
CTIZAN AD

नौबस्ता बाल सुधारगृहका बालबन्दीबीच फेरि विवाद

वि.सं.२०८० पुस १६ सोमवार

1.3K 

shares

जानकी (बाँके) । बाँकेको नौबस्ता क्षेत्रीय कारागारमा सञ्चालित बालसुधार गृहमा बालबन्दीबीच फेरि विवाद सुरु भएको छ । डुडुवामा रहेको बालसुधार गृहबाट लगिएका १८ वर्षभन्दामाथिका बालबन्दीबीच शुक्ररबारदेखि विवाद सुरु भएको हो । तर अहिले अवस्था सामान्य रहेको उक्त बालसुधार गृहका प्रमुख श्याम रानाले बताए ।

बालसुधार गृहका प्रमुख रानाले भने, “डुडुवास्थित जयेन्दु बालसुधार गृहमा विसं २०८० असोज ४ गते तोडफोड र झगडा गरेका दुई समूह यस बालसुधार गृहमा राखिएका छन् । तिनै दुई समूहका बालबन्दीबीच उतिबेलाको विषयलाई लिएर झगडा भएको हो । अहिले अवस्था केही सामान्य बनेको छ ।”

डुडुवा गाउँपालिका–६ असमानपुरस्थित बालसुधार गृहमा गत असोज ४ गते राति बालबन्दीबीचमा भएको झडपमा परी एक बालबन्दीको ज्यान गएको थियो भने ११ जना घाइते भएका थिए । त्यसपछि उनीहरुलाई नौबस्ता क्षेत्रीय कारागार सारिएको थियो । तर उनीहरुले नौबस्ता कारागारबाट पनि बाल बिज्याइँ गर्न सुरु गरेको रानाको भनाइ छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नौबस्ता कारागारको बालसुधार गृहमा कुनै प्रकारको घटना नघटोस् भन्दै सुरक्षासमेत बढाइएको बताए । “अहिले अवस्था सामान्य छ । तर कुनै प्रकारको घटना नघटोस् भनेर सुरक्षा व्यवस्थालाई हामीले थप बलियो बनाएका छौँ”, प्रजिअ पोखरेलले भने, “एक समूहले बिहानदेखि खाना खाएका थिएनन् । उनीहरुलाई खाना खुवाउने सहमतिमा सुरक्षाकर्मीभित्र पसेका छन् । सोही क्रममा बालबन्दीको अवस्था बुझ्नेक्रम जारी छ ।”

नौबस्तामा क्षेत्रीय कारागार सञ्चालन गरिए पनि त्याहाँका चार वटा ब्लकमध्ये एउटा ब्लकमा बालसुधार गृह सञ्चालन गरिएको छ । क्षेत्रीय कारागार नौवस्तामा रहेको बालसुधार गृहमा हाल एक सय २६ जना बालबन्दी छन् । उक्त स्थानमा हाल पर्साबाट १५, हेटौँडाबाट १८, रूपन्देहीबाट १४ र बाँकेको आसमानपुर बालसुधार गृहबाट ७९ बालबन्दीलाई राखिएको छ ।

 

वि.सं.२०८० पुस १६ सोमवार १६:२६ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...