back
CTIZAN AD

चितवनमा चरा गणना सुरु

वि.सं.२०८० पुस २२ आइतवार

1.6K 

shares

चितवन । चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो । सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उनले जानकारी दिए ।

उनले भने, “आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ ।” गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उनले बताए । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ । बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उनले बताए । जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

 

वि.सं.२०८० पुस २२ आइतवार ११:५१ मा प्रकाशित

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...