काठमाडौं । रुसी सेनामा भर्ति भएका लम्जुङका एक युवाको मृत्यु भएको छ ।
लम्जुङको दूधपोखरी १ घामरचोकका ३२ वर्षीय साजन गुरुङको रुस र युक्रेनको युद्धमा ज्यान गएको हो ।
रोजगारीका सिलसिलामा युक्रेन पुगेका ३२ वर्षीय गुरुङको मृत्यु भएको खबर पाँचदिन अघि मात्र परिवारलाई प्राप्त भएको वडा अध्यक्ष दुर्गामान गुरुङले जानकारी दिएका छन् । उनको मृत्यु भएको खबर परिवारलाई जर्मनीमा रहेका भाई कुमार मार्फत् पुगेको थियो । रुसी सेनामा कार्यरत साजनका साथीहरुले उनका भाइलाई उक्त खबर दिएका थिए ।
रुस युक्रेन युक्रमा उनको मृत्यु भएको खबर पाएपछि परिवारले पुष २९ गते उनको किरीया क्रम समेत गरेको छ ।
साजन लम्जुङका वाइसीयल नेता समेत रहेको बताइएको छ । उनी गत भदौको पहिलो हप्तामात्रै वैदेशिक रोजगारीका लागि उडेका थिए । पारिवारीक श्रोतका अनुसार साजनले आफु रुसी सेनामा भर्ति हुन जान लागेको कुरा परिवारलाई भनेका थिएनन् । साजनले आफू रुसी सेनामा भर्ति भएपछि सेनाको ड्रेसमा खिचेको फोटो परिवारलाई पठाएपछि मात्र परिवारले साजन रुसी सेनामा भर्ति भएको जानकारी पाएको थियो ।
पछिल्ला दिनमा सरकारले रुसी सेनामा भर्नाा हुन तथा रसिया भ्रमणमा जान नपाउने भनेर सूचना निकाले पनि रुसि सेनामा भर्ति हुने नेपाली युवाको संख्या सयौं रहेको र केहीले साजनले जस्तै ज्यान गुमाइसकेका छन् ।
वि.सं.२०८० माघ २ मंगलवार १४:२५ मा प्रकाशित






























