नवलपुर । नेपाल राष्ट्रिय अभिभावक संघ देवचुली नगरपालिकाको अध्यक्षमा कृष्ण कंडेललाई चयन गरेको छ । नेपाल राष्ट्रिय अभिभावक संघ देवचुली नगरपालिकाको प्रथम अधिवेशनबाट कंडेलको नेतृत्वले १३ सदस्यीय नगर कार्यसमिति चयन गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा पुरुषोत्तम न्यौपाने र रुपा न्यौपाने, सचिवमा पारसमणी गौतम, कोषाध्यक्षमा कृष्णबहादुर बस्नेत, सह-सचिवमा मनहरि पौडेल, सदस्यहरुमा सीता रेग्मी, प्रेमबहादुर सोमै, लालु खराल, रेमबहादुर ठाडा मगर, शंकरबहादुर नेपाली, मित्रलाल कंडेल र भावना काफ्ले सर्वसम्मत रुपमा चयन गरिएको हो । साथै, सह कोषाध्यक्ष र एक सदस्य संघले मनोनीत गर्ने जनाएको छ ।
सो कार्यक्रममा नगर प्रमुख हरि न्यौपाने, नगर प्रबक्ता, विधालय ब्यवस्थापन समिती अध्यक्ष, अभिभावक, नेपाल राष्ट्रिय अभिभावक सघका उपाध्यक्ष, केन्द्रिय सदस्य हरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०८० माघ ४ बिहीवार ०९:३३ मा प्रकाशित






























